धरान : धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित प्रहरी टोलीले चेकजाँचका क्रममा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार इटहरीबाट धरानतर्फ जाँदै गरेको प्र १–०२–०५५ प ११३२ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकलमा सवार तेह्रथुम फेदाप गाउँपालिका–३ बस्ने २० वर्षीय नवीन कँडेलको साथबाट लागूऔषध ट्रामाडोल ५९० क्याप्सुल र डिकोलिक ५९० ट्याब्लेट फेला परेको हो।
मोटरसाइकल चालक मोरङ सुन्दरहरैँचा नगरपालिका–४ बस्ने २१ वर्षीय सिजन अधिकारी र पछाडि सवार कँडेललाई उक्त लागूऔषध तथा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post