वितेको २४ घण्टामा नेपालमा १ हजार ५ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । यो वृद्धिसगै नेपालमा संक्रमित हुनेको संख्या ५८ हजार ३ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज १ हजार ६८ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ४१ हजार ७ सय ६ जना पुगेको छ।
देशभर १६ हजार २ सय ४२ जना सक्रिय सङ्क्रमण रहेका छन् । तीमध्ये ८,५४१ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ।















Discussion about this post