इटहरी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशमा करिब आधा मतदाता मात्रै मतदानमा सहभागी भएका छन्।
प्रारम्भिक विवरणअनुसार प्रदेशमा ५२.४८ प्रतिशत मतदान भएको छ।
निर्वाचन कार्यालयका अनुसार ३५ लाख ७४ हजार ३ सय १० मतदातामध्ये १८ लाख ७६ हजार ५० जनाले मतदान गरेका छन्।
करिब १६ लाख ९८ हजारभन्दा बढी मतदाता मतदानमा सहभागी भएनन्।
प्रदेशभर १ हजार ९ सय ७ मतदानस्थल र ४ हजार २ सय ७० मतदान केन्द्र तोकिएका थिए भने २४ वटा अस्थायी मतदान केन्द्रसमेत सञ्चालन गरिएको थियो।
मतदान सम्पन्न गराउन मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित २५ हजार ७ सय ६४ कर्मचारी परिचालन गरिएको थियो।
१४ जिल्ला रहेको कोशी प्रदेशमा प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्र छन् भने कुल ४ सय ९५ उम्मेदवार चुनावी मैदानमा रहेका छन्।













Discussion about this post