इटहरी : सुनसरी क्षेत्र नं. ३ मा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार तेस्रो स्थानमा परेपछि नेकपा (एमाले)की उम्मेदवार भगवती चौधरीले परिणामप्रति आश्चर्य र असन्तुष्टि व्यक्त गरेकी छन्।
चौधरीले आफूले अपेक्षा गरेभन्दा निकै कम मत आएको भन्दै मतगणनामा गडबडी भएको हुनसक्ने आशंका व्यक्त गरेकी हुन्।
उनले सामाजिक सञ्जालमा भनेकी छन्, “यो हुनै सक्दैन, कहाँको गडबडी हो? यस्तो अच्चमको के हो ?”
र्यालीमा हिँड्दा मानिसको उपस्थिति बाक्लो देखिएको र कार्यकर्ताका परिवार, आफन्त र समर्थकको मात्र मत पनि सहजै आउनुपर्ने उनले बताएकी छन्।
“हाम्रै कार्यकर्ताको परिवार इष्टमित्र मात्रको भोट दिँदा ४००–५०० भोट त यतिकै आउने हो। मेरो आफ्नै क्षेत्रका फरवार्ड सदस्य २३,००० भन्दा बढी सबैले नदिए ७,००० भन्दा बढी टिपिकल मलाई नै भोट दिने मान्छे हो। तर यो के भको हो काँही के ठुलै गडबडी छ कि ? जागिर खानेहरू पार्टी के क्षेत्रीय संगठित सदस्य ४ हजारमा के हो यो ?” उनले भनेकी छन् ।
चौधरीले संगठित सदस्य, सरकारी जागिरमा रहेका समर्थक तथा पार्टी कार्यकर्ताको संख्या उल्लेख गर्दै मतपरिणाम वास्तविकतासँग नमिलेको जस्तो लागेको बताइन्।
यस विषयमा उनले थप अध्ययन गरेर आवश्यक परे औपचारिक रुपमा ध्यानाकर्षण गराउने संकेत समेत गरेकी छन्।













Discussion about this post