इटहरी : मोरङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार यज्ञमणी न्यौपाने निर्वाचित भएका छन् । उनले २७,३६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उनको निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टी उम्मेदवार शान्ती पाख्रिन लामाले १७,५२२ मत प्राप्त गरिन् ।
नेपाली कांग्रेस उम्मेदवार खड्गबहादुर फागोले ११,९८६ मत प्राप्त गरे ।
यस्तै, नेकपा एमाले उम्मेदवार घनश्याम खतिवडाले ९,८२३ मत प्राप्त गर्दा नेकपा उम्मेदवार कुलप्रसाद साम्बाले २,२२४ मत प्राप्त गरे ।













Discussion about this post