इटहरी : मोरङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश कार्की निर्वाचित भएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुनीलकुमार शर्मालाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै कार्की विजयी बनेका हुन्।
अन्तिम मतपरिणाम अनुसार कार्कीले ३६,९२४ मत प्राप्त गरे भने शर्मा २४,३५४ मतमा सीमित भए ।
यसैगरी श्रम संस्कृति पार्टीका अमिर मगरले १६,५९९ मत प्राप्त गर्दा नेकपा एमालेका इरानकुमार राईले ७,७५२ मत र नेकपाका देउमान सम्बाहाङफेले १,२५९ मत प्राप्त गरे ।













Discussion about this post