इलाम : इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् ।
उनले २२ हजार ४२६ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचायले १४ हजार ६५० मत प्राप्त गरे ।
यसैगरी श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४ सय मतसहित तेस्रो भए।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले ७ हजार ८१४ प्राप्त गरे । नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ १ हजार १७२ मतमा सीमित भए ।














Discussion about this post