झापा : झापा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै शम्भुप्रसाद ढकाल निर्वाचित भएका छन् ।
उनले ४३ हजार ६३१ मत प्राप्त गरे । एमालेका लालप्रसाद साँवा लिम्बूले ११ हजार ९८६ मत प्राप्त गरे ।
कांग्रेसका देउमान थेवेले ९ हजार ४ सय ३४ मत पाए । श्रम संस्कृति पार्टीकी अमृतादेवी राई ७ हजार १ सय ६१ मतसहित चौथो भइन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा–४ बाट उनै ढकालले १४,०७९ मत पाएका थिए ।
त्यसबेला एमालेका लालप्रसाद साँवा लिम्बूले २९ हजार ३ सय १५ पाएर निर्वाचित भएका थिए ।














Discussion about this post