विराटनगर : विराटनगरमा होटलको पार्किङबाट चोरी भएको मोटरसाइकलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१२ स्थित ‘बिरयानी अड्डा एण्ड तन्दुरी’ पसलको पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि विशेष टोली परिचालन गरिएको थियो।
फागुन २३ गते राति करिब १० बजे पार्किङमा राखिएको प्रदेश ०१–०१–००१ प ३६०१ नम्बरको मोटरसाइकल हराएको सूचना पाएलगत्तै प्रहरीले खोजतलास सुरु गरेको थियो।
प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा विराटनगर–८ बस्ने २८ वर्षीय मोहम्मद ज्याउदिनलाई मोटरसाइकलसहित फेला पारेर नियन्त्रणमा लिएको हो।
पक्राउ परेका ज्याउदिनमाथि चोरी मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।














Discussion about this post