Friday, October 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खानेपानी अभावपछि गाउँ खाली : घर भत्किँदै, खेतीयोग्य जमिन झाडीले ढाक्दै

रासस by रासस
फाल्गुन २९, २०८२
in विविध, समाचार
0
खानेपानी अभावपछि गाउँ खाली : घर भत्किँदै, खेतीयोग्य जमिन झाडीले ढाक्दै
59
SHARES
Share on FacebookShare on Twitter

पाँचथर : कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो । अचेल आधाभन्दा बढी घर खाली भइसकेका छन् । घर भत्किँदै छन्, खेतीयोग्य जमिन झाडीले ढाक्दै गएको छ ।

ढुकुरे डाँडागाउँको गर्भवती आधारभूत विद्यालयको नजिकै कुनै बेला १३ परिवारको बसोबास थियो । हाल विद्यालय अगाडिपट्टी कालुराम कार्की र तलपट्टी एक अर्को गरी केवल दुई परिवारको बसोबास छ । यहाँबाट तीन घण्टाको दूरीमा तमोर करिडोर सडक हुँदै धरान पुग्न सकिन्छ । विद्युत् पनि विस्तार भएकाले अँध्यारोमा बस्नुपरेको छैन ।

ढुकुरेमै नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन राखिएको छ । ढुकुरेभन्दा मुनि तमोर करिडोरमा पर्ने लखुवा दोभानदेखि तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारसम्मको सडक धमाधम कालोपत्रे भइरहेको छ । यहाँ विकास गाउँ पस्दैछ, तर मान्छे बसाइँ सर्दैछन् । गाउँमा मानिसहरु भेट्न मुस्किल छ ।

स्थानीय सामाजिक कार्यकर्ता कमलबहादुर कार्कीका अधिकांश छिमेकीले बस्ती छोडिसकेका छन् । उनी भने गाउँ छोडेर नजाने अठोटमा छन् ।

“मेरो घरछेउका पाँचवटा घर र अन्य गरी एउटै गाउँबाट ११ घर बसाइँ सरेपछि बस्ती सुनसान रहेको देखिसक्नुभयो । जङ्गलले ढाक्दै लगेको छ । बस्नेहरुको मनमा कुनै चमक छैन, न भविष्यप्रतिको कुनै आशा नै छ”, उनले भने।

कार्कीका अनुसार यहाँ बसाइँ सर्नुको मुख्य कारणमा पानीको अभाव हो । “विसं २०७४ देखि केही वर्ष यहाँ वर्षा भएको छैन । वर्षा त हुन छाडेकै थियो, त्यसमाथि पिउने पानीका मुहान पनि सुक्दै गएका छन् । खानेपानीको हाहाकारजस्तै छ । त्यसैले पनि यहाँ बस्ने अवस्था छैन”, उनले भने।

गर्भवती आधारभूत विद्यालयको आसपासबाट ११ परिवार मात्रै होइन, ढुकुरेको तल्लो गाउँबाट पनि सात घर बसाइँ सरिसकेका छन् । कार्कीका अनुसार डाँडागाउँभन्दा माथिबाट मात्रै १७ घर बसाइँ सरेका छन् ।

“६० भन्दा बढी घर भएको ढुकुरेमा हाल २५ परिवार मात्रै छौँ होला । आधाभन्दा बढी बसाइँ सरिसकेका छन्”, उनले भने, “अब हामी मात्रै बाँकी रहने अवस्था बनेको छ । यहाँ सडक र विद्युत् सुविधा सहज भएको छ, तर खानेपानीको अभाव भएकाले समस्या भएको हो । यो समस्या समाधान भए बसाइँसराइ रोकिन्थ्यो कि !”

जमिन सुक्खा भएपछि आम्दानीका स्रोत पनि सुक्दै गएका छन् । आम्दानी नभएपछि जीवन गुजारा गर्न पनि बसाइँ सर्नुको विकल्प नरहेको स्थानीयको भनाइ छ। यहाँ करोडौँको लगानीमा आङ्ना मौवा बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण गरिएको छ, तर पनि सबै ठाउँमा खानेपानी सुविधा दिन सकिएको छैन ।

“पम्पिङ खानेपानी पनि जोडेका छौँ, पानी आउँछ भनेको पनि धेरै भइसक्यो, तर चल्छ जस्तो लागेको छैन”, कार्कीले भने, “चार ठाउँबाट पम्पिङ गरेर पानी माथि ल्याउनुपर्ने हुन्छ । कहिले विद्युत् अवरुद्ध हुने त कहिले मेसिन बिग्रने समस्या छ । गाउँपालिकाले सञ्चालन गर्ने त भन्छ, तर काम भएको छैन ।”

कालुमानकी श्रीमती सरिता कार्की कुनै समय गुल्जारजस्तै लाग्ने बस्ती खाली भएको देख्दा आफूलाई उदेक लागिरहेको बताउँछिन् । “पहिले त छरछिमेक थिए, दुःख सुख बाँड्थ्यौँ, अहिले बाँझा घर हेरर उदेक लाग्छ । दुःख भए पनि आफ्नै ठाउँको माया लाग्छ, त्यसैले छोड्न सकेका छैनौँ”, उनले भने ।

लखुवा–मौवा सडकको दायाँतर्फ आङ्ना गाविसका पूर्वअध्यक्ष सुरेन्द्रकुमार दाहालको घर छ । उनको घरमा बस्ने लीला दाहाल यहाँबाट बसाइँ सरेर तुम्बेवा–१ कै पसलटार गएका छन् । पानी नभएपछि बसाइँ हिँड्नुपरेको उनको गुनासो छ ।

“यहाँ नजिकै खानेपानीका मुहान छैनन् । धेरै माथिबाट ल्याएको सानो पानी सबैले बाँडेर खानुपरेको छ । हुन त पम्पिङ गरेर पानी ल्याइएको छ, त्यसले काम गरेको छैन । अभाव भएपछि के गर्नु, बसाइँ सर्नुको विकल्प छैन”, दाहालले भनेका थिए,“पसलटारमा खानेपानीको केही सुविधा छ, यहाँ (ढुकुरेमा) पानीको हाहाकार हुने अवस्था आएपपछि उतै सर्न लागेका हौँ ।”

५६ वर्षीया टुकमाया दाहालका छरछिमेकी पनि सकिँदै गएका छन् , उनको परिवार भने यही बसिरहेको छ । “वरिपरिका सबै छिमेकी र आफन्त बसाइँ सरिसके । हाम्रो त मधेसमा जग्गा जमिन छैन, यहाँ दुःख गर्नुको विकल्प पनि रहेन”, उनले भनिन्।

तुम्बेवा गाउँपालिका–१ आहालेका लालबहादुर घिसिङ पानीको समस्या नै बसाइँसराइको प्रमुख कारण बनेको बताउँछन्। आहाले क्षेत्रका २३ परिवारले नजिकको मुहान सुकेपछि करिब निकै समस्या भोग्नुपरेको उनले बताए ।

“हाल घण्टौँ लगाएर पानी थाप्नुपर्छ । दिनमा जम्मा चार/पाँच गाग्री पानी थाप्न पाइन्छ । पानी थाप्नकै लागि अरू काम छोड्नु परिरहेको छ”, घिसिङले भने।

आहालेकै कुलबहादुर तामाङका अनुसार आङ्ना–मौवा बृहत् खानेपानी आयोजना गत स्थानीय तहको निर्वाचनअघि नै उद्घाटन गरिएको थियो । अधिकांश क्षेत्रमा पाइपलाइन विस्तार भएको छ भने उपभोक्ताले धारा जडान गरिसकेका छन्, तर पानी वितरण भएको छैन ।

“चुनावअघि खानेपानी आउँछ भनेर आयोजनाको उद्घाटन गरियो, तर हालसम्म पानी आएको छैन”, तामाङले भने, “फेरि चुनाव आयो तर पानी आएन ।”

तुम्बेवा–१ जोरसल्लेकी गङ्गामाया कार्की खानेपानी अभावले निकै समस्या भोग्नुपरेको बताउँछिन् । “ट्याक्टरमा पानी ल्याएर गुजारा गरिरहेका छौँ । ट्याक्टरले पनि भनेको बेला ल्याइदिँदैन, त्यो पनि खोलाकै पानी ल्याइदिन्छ”, उनले पीडा सुनाइन्।

तुम्बेवा–३ मौवा बजारका सीताराम थापाले खानेपानीका लागि पुराना मुहानकै भर पर्नुपरेको र ती मुहान सुक्दै गएकाले अभाव बढ्दै गएको बताए । खानेपानी आयोजनाले लगानीअनुसार प्रतिफल दिएको भए यस्तो समस्या नआउने उनको बुझाइ छ ।

आङ्ना मौवा बृहत् खानेपानी तथा सरसरफाइ उपभोक्ता समितिका सदस्य राजकुमार देवान भने तमोर नदीको लखुवा दोभानस्थित बगरमा नयाँ सम्पवेल निर्माण भएपछि खानेपानी पम्पिङको काम सहज हुँदै गएको बताउँछन् । सम्पवेलमा पानी सङ्कलन र सञ्चालन राम्रोसँग भए पनि वितरण हुन नसकेको उनले बताए ।

“समस्या समाधानको प्रयासमै छौँ । पानी वितरणका लागि सबैले सामूहिक प्रयास गर्नुपर्ने आवश्यकता छ । समितिसँग मर्मतसम्भार र संरचना निर्माण गर्ने बजेट छैन । गाउँपालिकाले बजेट छुट्याएको सुनेका छौँ, तर तत्कालै निकासा हुने अवस्था छैन । बजेट व्यवस्थापन भएमा विगतका जस्तो समस्या हुँदैन”, उनले आश्वस्त पार्दै भने।

Tags: #पाँचथर#राससखानेपानी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित
समाचार

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

by टाकुरा न्यूज । इटहरी
अशोज १५, २०८३
0

विराटनगर : नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिको सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार भएको...

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत
खेलकुद

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

by माधव पोख्रेल
अशोज १५, २०८३
0

 उदयपुर । उदयपुर जिल्ला खेलकुद विकास समितिको सदस्यमा चौदण्डीगढी नगरपालिका–७, बेल्टारका युवा समाजसेवी अनुपराज खत्री मनोनीत भएका छन् । खेलकुद...

इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

गगन पक्षकाे महाधिवेशनलगत्तै देउवा पक्षीय काँग्रेसकाे सुरु

अशोज १५, २०८३
६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

अशोज १५, २०८३
इटहरीबाट गाँजा सहित एक व्यक्ति पक्राउ

५६४ किलो गाँजासहित सुमो नियन्त्रणमा

अशोज १५, २०८३
कोशीमा आवधिक योजना सार्वजनिक

प्रदेश योजना आयोगमा खतिवडा र राई नियुक्त

अशोज १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

अशोज १५, २०८३
जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

अशोज १५, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

गगन पक्षकाे महाधिवेशनलगत्तै देउवा पक्षीय काँग्रेसकाे सुरु

अशोज १५, २०८३
६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

अशोज १५, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.