इटहरी : इटहरी उपमहानगरपालिकामा आज एकैदिन ३४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी उपमहानगरपालिकाले दिएको जानकारी अनुसार भदौ ३१ गते गरिएको स्वाब परीक्षणमध्ये थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा इटहरी २ का २ जना, ३५ र ४२ बर्षीया महिला, इटहरी ५ का ७ जना, १४, ३४, २५ बर्षीय पुरुष र ५, ९ बर्षीया बालिका रहेका छन् ।
त्यस्तै, ३७, ४८ बर्षीया महिला रहेका छन् । त्यस्तै, इटहरी ६ का ३६ बर्षीय पुरुष, इटहरी ९ का ७३ बर्षीय पुरुष रहेका छन् । त्यस्तै, इटहरी १० का २ जना, ३२ र ५१ बर्षीय पुरुष, इटहरी १२ का २ जना, ४२, ४८ बर्षीय पुरुष, इटहरी १३ की ४४ बर्षीया महिला रहेकी छिन् ।
त्यस्तै, इटहरी १६ का २ जना, १२ र १८ बर्षीय पुरुष, इटहरी २० का ५ जना, १३ बर्षीया बालिका, ७ र ८ बर्षीय पुरुष रहेका छन् । त्यस्तै, २० र ४० बर्षीय पुरुष रहेका छन् ।
उता झुम्का कारागारका ४ जना, ३०, ४२, ४५, ६५ बर्षीय पुरुषलाई पनि संक्रमण देखिएको छ । उनीहरुले इटहरीबाटै परीक्षण गरेको स्वास्थ्य शाखाले जनाएको छ ।
त्यस्तै, ईलाका प्रहरी कार्यालय इटहरीका २७ र ३३ बर्षीय पुरुष र कोशी अस्पतालमा आफैँ जाँच गराएका इटहरी ४ का २२ बर्षीय पुरुष, इटहरी ५ का १ जना, २७ बर्षीया महिला, इटहरी ११ का १ जना, २७ बर्षीया महिला, इटहरी १२ का १ जना, ३८ बर्षीया महिला र इटहरी १३ का १ जना ५० बर्षीय पुरुष रहेका छन् ।
यो सँगै इटहरीमा हालसम्म कोरोना संक्रमण पुष्टि भएकाको संख्या ३ सय ९९ पुगेको छ ।














Discussion about this post