ताप्लेजुङ : ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनका लागि आएका एक बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार सोमबार दर्शनका लागि आएका हिलिहाङ गाउँपालिका–२ निवासी हरि श्रेष्ठका अढाइ वर्षीय छोरा सोहन श्रेष्ठको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार अभिभावक र आफन्तसँग आएका बालक पाथीभरा दर्शन गरेर फर्कने क्रममा बाटोमै बिरामी परेका थिए।
बिरामी भएका बालकलाई दिउँसो करिब ३ बजे उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्याइएको थियो। उपचारकै क्रममा करिब ३ः२० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक बालक यसअघि निमोनियाबाट पीडित रहेको बुझिएको छ। बालकको शव हाल जिल्ला अस्पतालमै राखिएको छ।














Discussion about this post