इटहरी : सुनसरीको हरिनगरा गाउँपालिकामा हुलाकी राजमार्ग क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष गफार अन्सारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हुलाकी राजमार्गमा बढ्दो सवारी चाप, तीव्र गति, ट्राफिक नियम पालना अभाव लगायतका कारण हुने दुर्घटनाका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, चालक तथा सर्वसाधारणमा सचेतना अभिवृद्धि, आवश्यक स्थानमा ट्राफिक संकेतहरूको व्यवस्थापन तथा सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिइएको थियो।
उक्त कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी, स्थानीय बुद्धिजीवी, भद्रभलादमी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।














Discussion about this post