धरान : धरान उपमहानगरपालिका–१५ निराजन बस्तीबाट ठूलो परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय २९ वर्षीय अनिल लिम्बूको कोठामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा प्रहरीले उनको कोठाबाट ट्रामाडोल ४,१४६ क्याप्सुल, स्पास्पेन ४,००० ट्याब्लेट र डिकोलिक २२८ ट्याब्लेट गरी जम्मा ८,३७४ ट्याब्लेट क्याप्सुल बरामद गरेको जनाएको छ।
बरामद गरिएको लागूऔषधसहित लिम्बूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरान सुनसरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post