Monday, June 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जनता क्याम्पसमा पाँच करोड खर्चेर छात्रावास निर्माण सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १४, २०८२
in समाचार
0
जनता क्याम्पसमा पाँच करोड खर्चेर छात्रावास निर्माण सुरु
63
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा समुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र तथा छात्राका लागि अलग अलग छात्रावास निर्माण हुने भएको छ ।

छात्रावासको शनिबार सञ्चालक समिति अध्यक्ष विकास केसीले सिलान्यास गरे । झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण हुने भएको हो ।

संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत बजेट छुट्याएर पहिलो किस्तामा एक करोड ४२ लाख रुपैयाँ निकासा भएसँगै सिलान्यास गरेर काम सुरुवात गरिएको हो ।

क्याम्पसले विद्यार्थीहरुको शैक्षिक अभिवृद्दि गर्ने विभिन्न योजना ल्याउने क्रममा छात्रावास पनि एउटा महत्वपूर्ण पक्षको रुपमा लिएको अध्यक्ष केसीले बताए ।

छात्रावासका लागि बहुवर्षीय योजना अन्तर्गत अहिले पहिलो चरणमा छात्र र छात्राका लागि अलग अलग एक तले भवनमा १४(१४ वटा कोठा निर्माण हुनेछन् ।

निर्माणका लागि चारुमति कन्ट्रक्सन प्रालि वानेश्वर काठमाडौंले ठेक्का पाएर काम थालेको हो । ठेकेदार जीवन तिम्सिनाका अनुसार अहिले पहिलो चरणको काम २०८४ पुस मसान्तभित्र पुरा गर्ने सहमति भएको छ ।

बहुवर्षीय योजना अन्तर्गत बन्ने छात्राबासका लागि तीन तल्ला हुनेछ ।

यहाँ छात्राबास निर्माण भएसँगै पूर्वी पहाडी जिल्ला र मधेश प्रदेशबाट आउने छात्रालाई डेरा बस्नुपर्ने बाध्यता अन्त्य हुने क्याम्पस सञ्चालक समिति शैक्षिक अनुगमन तथा सुपरिवेक्षण समितिका संयोजक शिवराज दाहालले बताए ।

विशेषगरी, दुर्गम तथा आर्थिक रुपमा कमजोर परिवारका विद्यार्थीलाई शिक्षामा पहुँच पु¥याउन छात्रावासले लाभ पुग्ने क्याम्पस प्रमुख प्राध्यापक डाक्टर गीता अधिकारीले बताइन् ।

छात्रावासले गर्दा विद्यार्थीहरुको शैक्षिक उपलब्धीमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।

छात्रावासका कारणले गर्दा विद्यार्थीहरुको नियमित उपस्थिती र अध्ययनमा निरन्तरता हुने सहायक क्याम्पस प्रमुख सञ्जिव यादवले बताए ।

पछिल्लो समय जनता क्याम्पसमा पढ्न आउने विद्यार्थीका लागि सात वटा वस सेवा पनि सञ्चालन गरि विद्यार्थीलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।

वसमार्फत सुनसरीको बराहक्षेत्र, दुहवी, इनरुवासहित पूर्व मोरङ्को विराटचोससम्मका विद्यार्थीलाई सहजता भएको छ । इटहरीभर विद्यार्थीलाई पनि थप सुविधा भएको छ ।

क्याम्पसले छ महिनाअघि विदेशी दुईवटा प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता समेत गरेको थियो ।

जसमा भारतको हरियाणमा रहेको बाबा मस्तनाथ र भारतकै राजस्थानमा रहेको श्री जे जे टि विश्वविद्यालयसँग सम्झौता गरेको थियो । सो सम्झौतापछि पुस ५ र ६ गते दुई दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन समेत गरेको थियो ।

विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।

कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ । यहाँ छ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
विविध

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

by रासस
जेष्ठ २४, २०८३
0

उदयपुर : जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न...

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज
समाचार

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

by रासस
जेष्ठ २४, २०८३
0

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नति गरिएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएको छ...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

जेष्ठ २४, २०८३
गृहनगरमा कवि टीका आत्रेयको एकल कविता वाचन

गृहनगरमा कवि टीका आत्रेयको एकल कविता वाचन

जेष्ठ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

जेष्ठ २४, २०८३
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.