Monday, May 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा रहेको रास तालमा पर्यटकको घुइँचो

रासस by रासस
चैत्र १५, २०८२
in भिजिट नेपाल, विविध, समाचार
0
प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा रहेको रास तालमा पर्यटकको घुइँचो
60
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : जिल्लामा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर तीमध्ये सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ ।

प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा शान्त रूपमा फैलिएको यो तालमा दैनिक रूपमा पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

अरु तालभन्दा फरक विशेषता बोकेको रास तालमा मनोरम दृश्यावलोकनसँगै दिनभर फिसिङ (माछा मार्ने) सुविधा उपलब्ध हुनु यहाँको मुख्य आकर्षण हो । यही कारणले यहाँ दैनिक रूपमा धरान, इटहरी, विराटनगर, धनकुटा, वीरगन्ज तथा भारतका विभिन्न स्थानबाट समेत पर्यटक यहाँ पुग्ने गरेका छन् ।

विशेषगरी वनभोजका लागि उपयुक्त मानिएको यस क्षेत्रमा एकै पटक १४५ समूहसम्मलाई व्यवस्थापन गर्न सकिने संरचना तयार गरिएको छ ।

पिकनिक सिजनमा दैनिक आठदेखि १० हजारभन्दा बढी पर्यटक आउने गरेका छन् भने अफसिजनमा पनि अहिले दैनिक दुईतीन सयभन्दा बढी पर्यटकको आवतजावत हुने गरेको रास ताल व्यवस्थापन समितिका सचिव भीमबहादुर माझीले बताए । धेरैजसो पर्यटक मङ्सिर, पुस साथै वैशाख जेठ महिनामा आउने गरेका छन् ।

सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्ने ६१ हेक्टर क्षेत्रफलमध्ये करिब आठ हेक्टरमा फैलिएको ताललाई राष्ट्रिय विभूति इमानसिंह चेम्जोङसँग जोडेर २०७१ सालदेखि स्थानीय पहलमा पर्यटकीय नमुना क्षेत्रका रूपमा विकास गर्न थालिएको हो ।

कोशी प्रदेश पर्यटन मन्त्रालयले २०७७/७८ को बजेटअन्तर्गत विनियोजित रु ८० लाखबाट यहाँ भ्यूटावर, इमानसिंह चेम्जोङको सालिक निर्माण तथा २९ हेक्टर क्षेत्रमा तारबार गरिएको समितिले जनाएको छ । साथै, यहाँ एक सयभन्दा बढी जातजातिको प्रतिनिधित्व हुने नमुना मठमन्दिर, सांस्कृतिक झाँकीसहित मेला लाग्ने तथा सङ्ग्रहालयसमेत निर्माण गरिएको छ ।

समितिका सचिव माझीका अनुसार यहाँ रु तीन सय शुल्क तिरेपछि बिहान ६ः०० देखि बेलुका ६ः०० बजेसम्म माछा मार्न पाइन्छ । पर्यटकले दिनभरमा समातेको माछा आफैँ लैजान पाउँछन्, कतिपयले १० केजीसम्म माछा समातेका छन् । तालमा कमलकार, ग्रास, रहु, नौनीलगायत सात प्रजातिका माछा पाइन्छन् ।

यस क्षेत्रलाई थप आकर्षक बनाउन तालको बिचमा करिब रु १५ लाख लागतमा टापु निर्माण गरिएको छ भने तीन वटा काठका पुलमार्फत वारपार गर्न सकिने व्यवस्था मिलाइएको छ ।

साथै, तराई क्षेत्रमा दुर्लभ मानिने सल्ला तथा सिरिसका बिरुवा रोपेर वातावरणीय सौन्दर्य थपिएको छ । करिब रु २५ लाख लागतमा मुख्य प्रवेशद्वार तथा ट्री हाउससमेत निर्माण गरिएको छ, जहाँबाट सम्पूर्ण तालको दृश्यावलोकन गर्न सकिन्छ ।

पिकनिक तथा बोटिङबाट वार्षिक रूपमा रु छदेखि सात लाखसम्म आम्दानी हुने गरेको समितिको भनाइ छ ।

उक्त आम्दानीले ताल संरक्षण तथा पूर्वाधार विकासमा खर्च गरिँदै आएको छ । स्थानीय व्यापारीका अनुसार पर्यटकको आगमनसँगै आसपासका खाजा, नास्ता पसल तथा अन्य व्यवसायसमेत चलायमान भएका छन् ।

बजेट अभावका कारण केही पूर्वाधार निर्माण अझै अधुरो रहेकाले प्रदेश तथा स्थानीय सरकारबाट लगानी आवश्यक रहेको स्थानीयको भनाइ छ ।

महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित रास ताललाई आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्न सकिने सम्भावना रहेकाले समिति संरक्षणमा जुटिरहेको छ ।

Tags: #पर्यटन#राससरास ताल
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)
समाचार

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १०, २०८३
0

विराटनगर : नेपाली कांग्रेस मोरङले संगठनलाई चुस्त र सक्रिय बनाउने उद्देश्यले विभिन्न क्षेत्रमा सदस्याता आइतबार अध्यावधिक समिति गठन गरेको छ...

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 
FEATURE BREAKING

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १०, २०८३
0

मोरङ : मोरङमा सुनजस्तो देखिने पहेँलो धातुको टिल देखाएर वृद्धवृद्धालाई ठगी तथा लुटपाट गर्ने गिरोह सक्रिय भएको पाइएको छ। प्रहरीका अनुसार...

पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

जेष्ठ १०, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

जेष्ठ १०, २०८३
भोजपुरमा ‘फुसको छानो हटाउने अभियान’ सञ्चालन

एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित गाउँपालिकाद्धारा सम्मान

जेष्ठ १०, २०८३
मोरङमा लागूऔषधविरुद्ध महाअभियान 

मोरङमा लागूऔषधविरुद्ध महाअभियान 

जेष्ठ १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

जेष्ठ १०, २०८३
‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

जेष्ठ १०, २०८३
पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

जेष्ठ १०, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

जेष्ठ १०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1468 shares
    Share 587 Tweet 367
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1423 shares
    Share 569 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    845 shares
    Share 338 Tweet 211
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    625 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    608 shares
    Share 243 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.