इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–२ पुनर्वासस्थित बाईस बिघे जंगल क्षेत्रमा १३ वर्षीया एक नाबालिकामाथि निर्घात कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा बराहक्षेत्र–२ नहरचौकका २१ वर्षीय सुदिन राई, २० वर्षीय निशान राई र एक १७ वर्षीय नाबालकलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार उनीहरूलाई क्रमशः चैत १३, १४ र १५ गते पक्राउ गरिएको हो। घटनापछि सुनसरी जिल्ला अदालतबाट बालबालिकाविरुद्धको कसूरमा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
घटनाबारे थप तथ्य खुलाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ भने नाबालिकामाथि भएको कुटपिटप्रति सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ।













Discussion about this post