सुनसरी : सुनसरीको इनरुवा नगरपालिका–४ बसचौकस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त टोलीले लौकहीबाट इनरुवातर्फ पैदल आउँदै गरेका मोरङको सुन्दरहरैंचा–८ का २६ वर्षीय सचिन घिमिरे र २८ वर्षीय विवेक श्रेष्ठलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो।
प्रहरीले खानतलासी गर्दा घिमिरेको साथबाट १.७३ ग्राम ब्राउनसुगर पदार्थ फेला परेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post