इटहरी : सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही चोकबाट प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको चेकजाँच टोलीले कोशी गाउँपालिका–२ निवासी २५ वर्षीय संजय कुमार यादवलाई शंकास्पद अवस्थामा जाँच गर्दा १६ हजार ८ सय क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवमाथि लागूऔषध सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान अगाडि बढाएको छ।













Discussion about this post