सुनसरीमा २२ जना सहित प्रदेश १ मा शनिवार थप ५९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मोरङमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला ६ पुरुष, बुढीगंगामा ४ महिला १ पुरुष, कटहरिमा ३ महिला १ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, पथरीशनिश्चरे, बेलबारी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, रामधुनीमा ७ पुरुष, धरानमा १ महिला ५ पुरुष रहेका छन् । त्यस्तै, झापाको बिर्तामोडमा ४ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषमा सङ्क्रमण देखिएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ४९६ पुगेको छ । त्यस्तै, प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ५०३ पुगेको छ ।














Discussion about this post