इटहरीमा आज थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
असोज १ गते गरिएको परीक्षणमध्ये थप १० जनामा संक्रमण पुष्टि भएको हो ।
इटहरी उपमहानगरपालिकाका अनुसार आज थपिएका संक्रमितहरु इटहरी १२ का १जना, ६१ बर्षीय पुरुष, इटहरी १३ का ५ जना, ८, ३०, ३४ बर्षीय पुरुष र २२, ३२ बर्षीया महिला रहेका छन् ।
त्यस्तै, इटहरी ६ का १ जना, ३८ बर्षीय पुरुष, इटहरी २० का २ जना, ५४ बर्षीय पुरुष र ४२ बर्षीया महिला रहेका छन् ।
यो सँगै इटहरीमा हालसम्म कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४०९ पुगेको छ ।














Discussion about this post