इटहरी : इटहरी उपमहानगरपालिका–६ धरान स्टेण्ड क्षेत्रबाट लागूऔषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी चेकिङ टोलीले पैदल हिँडिरहेका भोजपुर नगरपालिका–७ बस्ने २१ वर्षीय युजिन श्रेष्ठलाई शंका लागेरचेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध बरामद भएको हो।
प्रहरीका अनुसार श्रेष्ठको साथबाट ट्रमाडोल १,५८० क्याप्सुल, डाइसाइक्लोमिन १,५९० ट्याब्लेट तथा ब्राउनसुगर १.३३ ग्राम फेला परेको छ।
उक्त लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post