Thursday, November 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १, २०८३
in खेलकुद, समाचार
0
इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित
76
SHARES
Share on FacebookShare on Twitter

इटहरी : साविक विजेता मछिन्द्र फुटबल क्लब १६औं संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा झापा ११ फुटबल क्लबलाई सडेनडेथमा ८–७ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

इटहरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

पेनाल्टीमा पनि दुवै टोलीले ५–५ गोल गरेपछि खेल सडेनडेथमा पुगेको हो। सडेनडेथमा झापाका विशाल मादीको प्रहार आकाशिएपछि मछिन्द्रको जित सुनिश्चित भएको थियो।

मछिन्द्रका तर्फबाट देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, दीपेश गुरुङ, मिलन राई, सौरभ लिम्बु, एलिक श्रेष्ठ, विशाल भण्डारी र रोहित चन्दले प्रहार गोलमा परिणत गरेका थिए। यद्यपि, पेमा तामाङको प्रहार झापाली गोलकिपर मौसम मगरले बचाएका थिए।

झापा ११ का प्रशान्त लिम्बू, निशान बस्नेत, बाबा टुण्डे, स्मार्टा मिउटु सलोमन किंग, राजेश दाहाल र किरण सुमारले गोल गरेका थिए भने गोलकिपर मौषम मगरको प्रहार निर्णायक क्षणमा आकाशिएको थियो।

यसअघि खेलको ५५औं मिनेटमा बाबा टुण्डेको गोलबाट झापाले अग्रता लिएको थियो।

तर ४३औं मिनेटमा डि–एरिया भित्र योगेश गुरुङको ह्यान्ड भएपछि रेफ्री उमेश बिडारीले मछिन्द्रलाई पेनाल्टी दिएका थिए। उक्त अवसरलाई सनिस श्रेष्ठले सदुपयोग गर्दै बराबरी गोल फर्काएका थिए।

बाँकी समयमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी हुँदै सडेनडेथमा पुगेको हो। उत्कृष्ट प्रदर्शन गरेका सनिस श्रेष्ठ प्लेयर अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे।

अब मछिन्द्रले सेमिफाइनलमा युवा समाज मोरङसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। युवा समाज उद्घाटन खेलमै जस्टजोन एफसी नाइजेरियालाई हराउँदै अन्तिम चारमा पुगिसकेको छ।

इटहरी गोल्डकपमा दोस्रो पटक सहभागी मछिन्द्र र झापा ११ बीच अघिल्लो संस्करणमा पनि क्वाटरफाइनलमा भेट भएको थियो। जसमा मछिन्द्रले १–० को जित निकालेको थियो।

बुधबार हुने तेस्रो क्वाटरफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबले सातदोबाटो युथ क्लब, ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ। वैशाख ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Tags: #खेलकुदइटहरी गोल्डकपगोल्डकप
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश
FEATURE BREAKING

गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

by टाकुरा न्यूज । इटहरी
कार्तिक १९, २०८३
0

इटहरी : इटहरी रंगशालामा बुधबार साँझ गीत मात्रै गुञ्जिरहेका थिएनन्, देश र समाजप्रतिको एउटा सन्देश पनि फैलिरहेको थियो । मञ्चमा...

कोशी प्रदेशमा नौ वर्षमा धेरै उपलब्धि भएको छ : मुख्यमन्त्री कार्की
समाचार

कोशी प्रदेशमा नौ वर्षमा धेरै उपलब्धि भएको छ : मुख्यमन्त्री कार्की

by माधव पोख्रेल
कार्तिक १८, २०८३
0

उदयपुर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश सरकारले नौ वर्षको अवधिमा धेरै काम गरेको र विकास निर्माणको भौतिक...

६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

कार्तिक १८, २०८३
तिहारमा आगलागीको जोखिम घटाउन सशस्त्र प्रहरीको पूर्वतयारी

तिहारमा आगलागीको जोखिम घटाउन सशस्त्र प्रहरीको पूर्वतयारी

कार्तिक १८, २०८३
‘भौतिक पूर्वाधारमा उल्लेख्य उपलब्धि हासिल’ : मुख्यमन्त्री कार्की

‘भौतिक पूर्वाधारमा उल्लेख्य उपलब्धि हासिल’ : मुख्यमन्त्री कार्की

कार्तिक १८, २०८३
मुन्दुम पदमार्गमा होमस्टे र गोठस्टे बनाउन कानुनी अड्चन

मुन्दुम पदमार्गमा होमस्टे र गोठस्टे बनाउन कानुनी अड्चन

कार्तिक १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

कार्तिक १९, २०८३
कोशी प्रदेशमा नौ वर्षमा धेरै उपलब्धि भएको छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशमा नौ वर्षमा धेरै उपलब्धि भएको छ : मुख्यमन्त्री कार्की

कार्तिक १८, २०८३
यमपञ्चक : मृत्युको स्मरणबाट जीवनको उत्सवसम्म

यमपञ्चक : मृत्युको स्मरणबाट जीवनको उत्सवसम्म

कार्तिक १८, २०८३
६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

कार्तिक १८, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    377 shares
    Share 151 Tweet 94
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.