आइतबार थप १ हजार ३२५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सो संख्याका संक्रमित थपिएका हुन्। आज थपिएका संक्रमित सहित हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार १२२ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ।
त्यस्तै, थप १० जनाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ४ सय ११ पुगेको छ।














Discussion about this post