इटहरीमा १८ जना सहित सुनसरीमा थप ६८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार मंगलबार ३० महिला सहित एकैदिन जिल्लामा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका नयां संक्रमितहरुमा धरानमा ३३ जना, इटहरीमा १८ जना र दुहवीमा १७ जना रहेका छन् ।
संक्रमितहरुलाई मोरङको गोठगाउ, इटहरीको रंगशाला र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाउने तयारी भइरहेको छ।
कोरोना संक्रमणबाट सुनसरीमा हालसम्म १० जनाको मृत्यु भइसकेको छ । जिल्लामा १ हजार ५ सय ३१ जना संक्रमित भएका छन् । ८ सय ७७ जना निको भएका जिल्लाको तथ्यांकमा उल्लेख छ ।














Discussion about this post