इलाम : सरकारले आइतबार बिदा दिने निर्णय गरेपनि इलामको रोङ गाउँपालिकाले आइतबार पनि कार्यालय खुल्ला रहने जनाएको छ ।
गाउँ कार्यपालिका बैठकले बुधबारदेखि लागू हुने गरी सामुदायिक विद्यालयबाहेक अन्य कार्यालयहरू पुरानै समय तालिकामा सञ्चालन हुने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले पहाडी जिल्लाको भौगोलिकता अनुसार सेवा प्रवाह गर्न नसकिने भन्दै आइतबार पनि बिदा दिएर सोमबारदेखि बिहान ९ बजेबाट कार्यालय सञ्चालन गर्नु अव्यवहारिक भएको बताए ।
उनले ९ बजे कार्यालय लाग्ने नियम लागू भए पनि त्यस्तो नियम लागू भएको मितिदेखि हालसम्म रोङ गाउँपालिकाको कुनै कार्यालयमा १० बजे अगाडि नै सेवाग्राही उपस्थित नभएको दाबी गरे ।
आगामी असार मसान्त पश्चात् भने निर्णयमा पुनर्विचार गर्न सकिने उनले बताए ।













Discussion about this post