Saturday, May 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खोटाङमा ‘मह सिकार महोत्सव’

रासस by रासस
जेष्ठ ९, २०८३
in विविध, समाचार
0
खोटाङमा ‘मह सिकार महोत्सव’
52
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् ।

लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले मह सिकार महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा फेदीस्थित तेरावाको महभीरमा परम्परागत रुपमा स्थानीयले गरेको भीर मौरीको मह सिकार आकर्षण बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए ।

स्थानीय स्रोत तथा सामग्री प्रयोग गरेर गरिने भीर मौरीको मह सिकार हेर्न जिल्लाभित्रका सबै स्थानीय तह तथा छिमेकी भोजपुर, ओखलढुङ्गा, झापा, विराटनगरलगायत स्थानीयको सहभागिता रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा सहभागी आन्तरिक तथा बाह्य पर्यटकका साहसिक तरिकाले गरिन लागेको भीर मौरीको मह सिकार अवलोकनका साथै स्थानीय साम्पाङ राईहरुको संस्कार/संस्कृतिको अध्ययन एवं अनुसन्धान गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

पर्या–पर्यटनसँग जोडेर प्रदेश सरकारसँगैको सहकार्यमा गाउँपालिकाले पहिलोपटक आयोजना गरेको महोत्सवमा जिल्लास्थित सबै स्थानीय तहका जनप्रतिनिधि तथा मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईलगायत पर्यटन व्यवसायीको सहभागिता छ ।

फेदीको लेकाली क्षेत्रमा पर्ने तेरावामा आयोजना गरिएको महोत्सवमा सहभागी आन्तरिक तथा बाह्य पर्यटकका लागि स्थानीयले त्रिपाल टाँगेर खाने तथा बस्ने व्यवस्था मिलाएका छन् ।

नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’सँग जोडिएको फेदीमा आयोजित महोत्सवले भीर मौरीलाई संरक्षण तथा पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिए।

“हाम्रो गाउँपालिकाको धेरै भीरहरुमा भीर मौरी पाइन्छ । लोपोन्मुख अवस्थामा रहेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न यस वर्ष प्रदेश सरकारसँगको समन्वयमा महोत्सव आयोजना गरिएको हो”, उनले भने ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभीर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित महभीर झरना, तेरावास्थित तेरावाभीरलगायत भीरहरुमा वर्षौंअघिदेखि भीर मौरी बस्दै आएका छन् ।

फेदीका स्थानीय बासिन्दाले उभौलीको समयमा जेठ–असार तथा उधौलीको समयमा कात्तिक–मङ्सिर महिनागरी वर्षमा दुईचोटी भीर मौरीको मह सिकार गर्ने गर्दै आएका छन् । एक याममा एउटै भीरबाट कम्तीमा पनि रु पाँच लाखदेखि रु सात लाखसम्मको मह सिकार हुने गरेको स्थानीय मह सिकारीहरुले बताएका छन् ।

फेदीमा पुस्तौँदेखि किरात संस्कारका रुपमा भीर मौरीको मह सिकार भइरहेको मह सिकारी हस्तराम राईले बताए। “मैले विसं २०३५ देखि यो पेसा सुरु गरेको हुँ, अहिले युवा पुस्तासमेत यो परम्परागत मह सिकार गर्ने पेसामा आकर्षित भएका छन्”, उनले भने, “भीर मौरीको सिकार गर्न उनीहरुलाई हामीले नै सिकायौँ । युवापुस्ता पेसेवर बन्दा आफूहरुलाई खुसी लागेको छ ।”

मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको पर्याङ, गादा (सेफ्टी), सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरोलगायत सामग्रीको सहयोगमा परम्परागत रुपमा भीर मौरीको मह सिकार गरिन्छ । प¥याङका माध्यमबाट चढ्ने, सुताका माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकल्ने गरिन्छ ।

स्थानीय मह सिकारीको भाषामा भीरमा गएर मह निकाल्नेलाई ‘पर्याङ्गे’ भनिन्छ भने सुताको माध्यमबाट पर्याङ, दाबिलो, जोतारो, डालोजस्ता आवश्यक सामग्री मह निकाल्ने पर्याङेसम्म पुर्याउनेलाई सुतारे भनिन्छ । पर्याङ्गेले भीरबाट निकालेको मह छान्ने, भाँडामा खन्याउने, धुवाँ लगाउनेलगायत अन्य व्यक्तिलाई सहयोगी भन्ने गरिन्छ ।

भीर मौरीको मह सिकार गर्ने दिन फेदीस्थित तेरावा, माखाम्ला, पिपिङलगायत क्षेत्रमा बसोबास गर्दै आएका गाउँभरिका स्थानीय बासिन्दा आ–आफ्नो घरबाट जाँड, रक्सी, खाजालगायत लिएर उत्सवका रुपमा रमाइलो गर्न भेला हुने गरेका छन् ।

फेदीमा उत्पादित भीर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, धरान, विराटनगर, काठमाडौँका साथै बेलायत, हङ्कङ, सिङ्गापुर लगायतका देशहरुमा निर्यात हुने गरेको छ ।

फेदीका किरात राई (साम्पाङ) समुदायले भीर मौरीको मह सिकार गर्ने प्रचलनलाई आफ्नो परम्परागत संस्कार तथा संस्कृतिसँगसमेत जोड्ने गरेका छन् । उनीहरुले भीरमा गएर गरेको महको सिकार घरमा ल्याएर आफ्नो तीन चुल्हा अर्थात् पितृ (दिवङ्गत भएका व्यक्ति)लाई चढाएपछि मात्र प्रसादका रुपमा ग्रहण गर्ने गरेका छन् ।

भीर मौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले भीर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ ।

धेरै खाँदा मात लाग्ने विशेषता भएको भीर मौरीको मह हाडजोर्नी, नसासम्बन्धी समस्या, युरिक एसिड, प्रेसरलगायत दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने विशेषज्ञहरूले बताएका छन् ।

Tags: #खोटाङ#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…
FEATURE BREAKING

मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ९, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–२० तरहराको पानीपिया जंगलमा नवजात शिशु फेला परेको घटनाबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकलमा...

झापामा चिया बगानभित्रै सुपारी खेती, नयाँ अभ्यासको थालनी
विविध

झापामा चिया बगानभित्रै सुपारी खेती, नयाँ अभ्यासको थालनी

by रासस
जेष्ठ ९, २०८३
0

झापा : राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीको अलग–अलग खेती हुँदै...

एसियन हाइवे : काँकडभिट्टा–लौकही खण्डमा कालोपत्रे थालियो

एसियन हाइवे : अलकत्राको अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती

जेष्ठ ९, २०८३
बाढीपहिरोका कारण कोशी प्रदेशका ५ जिल्लाका सडक अवरुद्ध, केहीमा वैकल्पिक मार्ग सञ्चालन

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

जेष्ठ ९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीमा सत्ता समीकरणको नयाँ संकेत, कांग्रेस नेतृत्वको दाबी किन बढ्दैछ ?

जेष्ठ ८, २०८३
जीवित शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काममा रोक, छानविन समिति गठन

‘जेनजी’ भन्दै कोशी अस्पतालमा हंगामा गरेपछि… 

जेष्ठ ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

जेष्ठ ९, २०८३
झापामा चिया बगानभित्रै सुपारी खेती, नयाँ अभ्यासको थालनी

झापामा चिया बगानभित्रै सुपारी खेती, नयाँ अभ्यासको थालनी

जेष्ठ ९, २०८३
एसियन हाइवे : काँकडभिट्टा–लौकही खण्डमा कालोपत्रे थालियो

एसियन हाइवे : अलकत्राको अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती

जेष्ठ ९, २०८३
खोटाङमा ‘मह सिकार महोत्सव’

खोटाङमा ‘मह सिकार महोत्सव’

जेष्ठ ९, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1417 shares
    Share 567 Tweet 354
  • धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    860 shares
    Share 344 Tweet 215
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    625 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    606 shares
    Share 242 Tweet 152
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    514 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.