विराटनगर : विराटनगरस्थित कोशी अस्पतालमा आफूलाई ‘जेनजी’ समूहसँग आबद्ध बताउँदै चिकित्सक र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्ने एक युवा पक्राउ परेका छन्।
प्रहरीका अनुसार विराटनगरका सुमित कामतलाई अस्पताल परिसरबाट नियन्त्रणमा लिइएको हो। उनीमाथि अस्पतालभित्र आतंक सिर्जना गर्ने, चिकित्सकहरूलाई धम्क्याउने तथा कार्यसम्पादनमा अवरोध पुर्याएको आरोप लागेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी लिलाराज लामिछानेले अस्पतालभित्र चिकित्सकमाथि अभद्र व्यवहार भइरहेको सूचनापछि प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
अस्पताल प्रशासनका अनुसार कामत यसअघि पनि पटक–पटक अस्पताल पुगेर अनुमति बिना भिडियो तथा फोटो खिच्ने, आफू ‘जेनजी’ समूहको भएको बताउँदै चिकित्सक र स्वास्थ्यकर्मीलाई थर्काउने र दबाब दिने गतिविधिमा संलग्न थिए।
हाल उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।














Discussion about this post