इटहरीमा आज थप १९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । २ र ३ गते लिएको स्वाब मध्ये थप १९ जनामा कोरोना पुष्टि भएको हो ।
इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार इटहरी १ का १जना, २४ बर्षीय पुरुष, इटहरी २ का २ जना, २८ र ३३ बर्षीय पुरुष, इटहरी ६ का ४ जना, ३४ बर्षीय पुरुष १९, ३२, ५७ बर्षीया महिला, इटहरी ८ का २ जना, २७, ५४ बर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, इटहरी ९ का ६ जना, ६ बर्षीया बालिका, १० बर्षीय बालक रहेका छन् । त्यस्तै, ३५, ४०, ५८, ६८ बर्षीया महिला, इटहरी १२ का ३ जना, ३२, ५६, ६४ बर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, इटहरी ५ का १ जना, २३ बर्षीया महिला रहेका छन् ।
यो सँगै इटहरीमा हालसम्म कोरोना संक्रमितको संख्या ४२८ पुगेको छ ।














Discussion about this post