देशभर २५ हजार भन्दा बढी कोरोना संक्रमित भएमा सरकारले फेरि लकडाउन हुन सक्ने संकेत दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निश्कर्ष निकालेको हो ।
२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए ।
मन्त्रालयका तथ्यांकअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ ।














Discussion about this post