विराटनगर : कोशी प्रदेशसभाको मंगलबार दिउँसो १ बजे बस्ने तय भएको बैठक पुनः स्थगित गरिएको छ। प्रदेश सरकारको अनुरोधपछि बैठकको समय परिवर्तन गरिएको हो।
प्रदेशसभा सचिव सुदर्शन खड्काका अनुसार प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत १६औँ बैठक असार ११ र १६ गते पनि तोकिएको समयमा सञ्चालन हुन नसकेपछि सरकारले बैठक सार्न अनुरोध गरेको थियो।
सोही अनुरोधका आधारमा प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठक असार १८ गते दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरेका छन्।
यसअघि पनि कार्यसूची र राजनीतिक सहमतिसम्बन्धी विषयमा बैठक प्रभावित हुँदै आएको थियो।
लगातार बैठक स्थगित भइरहँदा प्रदेशसभाका विधेयक तथा अन्य संसदीय कार्यसमेत प्रभावित हुने देखिएको छ।














Discussion about this post