Wednesday, July 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

उवासंघ इटहरी निर्वाचन : नवराज काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २३, २०८३
in निर्वाचन, समाचार
0
उवासंघ इटहरी निर्वाचन : नवराज काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक
75
SHARES
Share on FacebookShare on Twitter

इटहरी : उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेले व्यवसायीमैत्री, पारदर्शी र परिणाममुखी नेतृत्वको प्रतिबद्धतासहित १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक गरेका छन्।

सङ्कल्प पत्र सार्वजनिक गर्दै काफ्लेले उद्योग वाणिज्य संघ कुनै पद वा चुनाव जित्ने माध्यम नभई इटहरीका हजारौं उद्योगी–व्यवसायीको साझा संस्था भएको उल्लेख गरेका छन्।

संस्थालाई व्यवसायीको वास्तविक अभिभावक बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले नेतृत्वको मूल्य भाषणले होइन, परिणामले मापन हुने बताएका छन्।

पछिल्ला वर्षहरूमा आर्थिक मन्दी, घट्दो कारोबार, बढ्दो सञ्चालन खर्च, घरबहालको दबाब, कर तथा राजस्वका जटिलता, बैंक ब्याजदर, अनियन्त्रित आयात, दक्ष जनशक्तिको अभाव र नीतिगत अस्थिरताका कारण व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्दै उनले उद्योग वाणिज्य संघले व्यवसायीको पक्षमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

काफ्लेले संघलाई केही सीमित व्यक्तिको संस्था नभई प्रत्येक सदस्यको साझा घर बनाउने, निर्णय प्रक्रियामा सदस्यको सहभागिता सुनिश्चित गर्ने तथा पारदर्शिता, जवाफदेहिता र निरन्तर संवादलाई संस्थागत संस्कृतिका रूपमा विकास गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

उनले सार्वजनिक गरेको १४ बुँदे सङ्कल्प पत्रमा व्यवसायीमैत्री कर प्रणालीका लागि आन्तरिक राजस्व कार्यालयसँग समन्वय, भ्याट तथा लेखा व्यवस्थापन तालिम, व्यवसायी सुरक्षा तथा राहत कोष स्थापना, दुर्घटना तथा विपद्का घटनामा आकस्मिक सहयोग संयन्त्र, व्यवसाय तथा सम्पत्तिको बीमा प्रवर्द्धन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेला, एक्स्पो र लगानी सम्मेलनमार्फत इटहरीलाई कोशी प्रदेशको व्यापारिक केन्द्रका रूपमा विकास गर्ने योजना समेटिएको छ।

खासगरी संघलाई पूर्ण रूपमा डिजिटल बनाउने, मोबाइल एपमार्फत सदस्यता नवीकरणदेखि सेवा प्रवाहसम्मको व्यवस्था गर्ने, डिजिटल मार्केटिङ र ई–कमर्ससम्बन्धी तालिम सञ्चालन गर्ने, घरबहाल करलगायत नीतिगत समस्या समाधानका लागि स्थानीय सरकारसँग पहल गर्ने तथा बजार व्यवस्थापन, पार्किङ, सडक बत्ती, सरसफाइ र व्यावसायिक सुरक्षामा प्राथमिकता दिइने उल्लेख गरिएको छ।

सङ्कल्प पत्रमा युवा उद्यमी तथा स्टार्टअपलाई प्रोत्साहन गर्न ुबिज फेस्टु आयोजना गर्ने, महिला उद्यमी सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने, स्थानीय उत्पादन प्रवर्द्धनका लागि मेड इन इटहरी अभियान सञ्चालन गर्ने तथा व्यवसाय सञ्चालनमा अनावश्यक बन्द र अवरोध अन्त्य गर्दै संवाद र सहकार्यको माध्यमबाट निर्भय व्यवसायिक वातावरण निर्माण गर्ने योजना पनि समावेश गरिएको छ।

यस्तै, व्यवसायीका समस्या समाधानका लागि स्थायी हेल्प डेस्क स्थापना, स्थानीय रोजगारी प्रवर्द्धन गर्न वार्षिक जब फेयर आयोजना, हरित तथा वातावरणमैत्री इटहरी निर्माणका लागि प्लास्टिक न्यूनीकरण, फोहोर व्यवस्थापन र वृक्षारोपण अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

काफ्लेले घोषणा मात्र गर्ने होइन, प्रतिबद्धताको कार्यान्वयनलाई सार्वजनिक मूल्याङ्कनका आधारमा अघि बढाउने वाचा गरेका छन्।

निर्वाचित भए पहिलो ३० दिनभित्र व्यवसायी सहायता डेस्क सञ्चालन, ६० दिनभित्र डिजिटल सेवा सुरु तथा पहिलो १०० दिनभित्र घरबहाल कर, बैंकिङ र बजार व्यवस्थापनसम्बन्धी उच्चस्तरीय संवादसहित कार्ययोजना सार्वजनिक गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

यी हुन् सङ्कल्प :

१. राजस्व कार्यालयसँग समन्वय, VAT र लेखा व्यवस्थापन तालिम

व्यवसायीमैत्री कर प्रणालीका लागि आन्तरिक राजस्व कार्यालयसँग समन्वयकारी भूमिका निर्वाह गरिनेछ । व्यवसायीहरूलाई नियमित रूपमा Tax, VAT, E-billing, Accounting र कानुनी विषयमा प्रशिक्षण तथा कार्यशाला सञ्चालन गरिनेछ ।

२. व्यवसायी सुरक्षा कोष तथा आपत्कालीन सहयोग संयन्त्र

आगलागी, चोरी, प्राकृतिक विपद् वा अन्य आकस्मिक क्षतिमा व्यवसायीलाई राहत हुनेगरी व्यवसायी सुरक्षा तथा राहत कोष स्थापना गरिनेछ । आकस्मिक घटनाबाट प्रभावित व्यवसायीलाई तत्काल सहयोग र सहजीकरण गर्न आपत्कालीन व्यवसायी सहयोग संयन्त्र स्थापना गरिनेछ । साथै, व्यवसायी र व्यावसायिक सम्पत्तिलाई बीमाको दायरामा आबद्ध गराउँदै जोखिम न्यूनीकरण र सुरक्षित व्यवसायिक वातावरण निर्माणमा विशेष पहल गरिनेछ ।

३. व्यापारिक हब र पर्यटनमैत्री इटहरी निर्माण

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेला, एक्स्पो र लगानी सम्मेलन आयोजना गरी इटहरीलाई कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्र बनाइनेछ । इटहरीलाई पर्यटन र व्यापारको प्रवेशद्वार (त्यगचष्कm ज्गद)का रूपमा स्थापित गर्न सरोकारवालासँग समन्वय गरी दीर्घकालीन कार्ययोजना तयार गरिनेछ । पर्यटन प्रवद्र्धनका लागि होटल, यातायात, पर्यटन व्यवसायी र स्थानीय सरकारसँग सहकार्य गर्दै आवश्यक पूर्वाधार विकासमा स्थानीय तथा प्रदेश सरकारसँग पहल गरिनेछ ।

४. संघलाई पूर्ण डिजिटल

मोबाइल एप तथा अनलाइन प्रणालीबाट सदस्यता नवीकरण, सिफारिस, सेवा र सूचना उपलब्ध गराइनेछ। एपमार्फत नै व्यवसायीका सबै गुनासा र समस्यालाई सम्बोधन गरिनेछ । जसकारण प्रक्रिया थप सहज, पारदर्शी र पहुँचयोग्य हुनेछ । कुनै पनि सूचना वा प्रक्रियाको अभावमा आफ्नो अधिकारबाट कोही व्यवसायी वञ्चित हुने अवस्था रहँनेछैन । साथै, व्यवसायीलाई डिजिटल मार्केटिङ, ई–कमर्स, अनलाइन भुक्तानी र सामाजिक सञ्जालमार्फत व्यापार विस्तार गर्न प्रशिक्षण तथा आवश्यक सहयोग गरिनेछ ।

५. घरबहाल करलगायत नीतिगत समस्या समाधान

स्थानीय सरकारसँग नियमित संवाद गरी व्यवसायीमैत्री नीति निर्माणमा पहल गरिनेछ । घरबहाल करको मुद्दा पटकपटक उठेपनि व्यवसायमैत्री नीति नहुँदा हालसम्म समस्या सम्बोधन भएको छैन । घरबहाल करको समस्या सधैँका लागि अन्त्य गर्न थप नीतिगत पहल गरिनेछ ।

६. व्यावसायिक सुरक्षा, सडक, पार्किङ र बजार पूर्वाधार सुधार अभियान

‘सुरक्षित व्यवसायी, समृद्ध व्यापार’ भन्ने मूल मान्यतासहित प्रहरी, स्थानीय सरकार र सरोकारवालासँग सहकार्य गरी व्यवसायीको सुरक्षा, लगानीको संरक्षण र सुरक्षित व्यावसायिक वातावरण निर्माणलाई प्राथमिकतामा राखिनेछ । बजार तथा पार्किङ व्यवस्थापन, सडक बत्ती, सरसफाई, ऋऋत्ख् तथा बजार पूर्वाधार सुधारका लागि स्थानीय सरकारसँग समन्वय गरी आवश्यक नीतिगत काम गरिनेछ ।

७. स्टार्टअपका लागि विशेष प्रोत्साहन र ‘बिज फेस्ट’ योजना

युवा उद्यमी र स्टार्टअपलाई प्रोत्साहन गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ । नवीन सोच, प्रविधिमा आधारित व्यवसाय र सिर्जनशील उद्यमलाई प्रोत्साहन गर्दै आवश्यक तालिम, परामर्श, लगानीकर्तासँग समन्वय तथा बजार पहुँच विस्तारका लागि सहजीकरण गरिनेछ । स्टार्टअपका लागि बैँक तथा वित्तीय संस्था एवम् सरकारी निकायसँग ऋण साझेदारीका लागि पहल गरिनेछ । इटहरीलाई नवउद्यमीका लागि आकर्षक व्यवसायिक गन्तव्यका रूपमा विकास गर्न विशेष पहल गरिनेछ । साथै, ‘बिज फेस्ट’ कार्यक्रम अन्तर्गत विभिन्न नवउद्यमीको व्यवसाय प्रवद्र्धन र थप सिर्जनशील कार्यक्रम गरिनेछ । नवउद्यमीलाई आफ्ना व्यावसायिक अवधारणा प्रस्तुत गर्ने, प्रतिस्पर्धात्मक बनाउने, लगानीकर्ता र विज्ञसँग जोड्ने तथा व्यवसाय विस्तारका अवसर सिर्जना गरिनेछ ।

८. महिला उद्यमी सशक्तीकरण

महिला उद्यमीको नेतृत्व विकास, क्षमता अभिवृद्धि, उद्यम विस्तार तथा बजार पहुँच सुदृढीकरणका लागि लक्षित कार्यक्रम सञ्चालन गरिनेछ । महिला उद्यमशीलतालाई प्रोत्साहन गर्दै नयाँ उद्यम स्थापना, वित्तीय पहुँच, सीप विकास, डिजिटल व्यापार तथा नेटवर्किङका अवसर सिर्जना गर्न विशेष पहल गरिनेछ । व्यवसायीलाई समयानुकूल सीप, प्रविधि र ज्ञानसँग जोड्न नियमित तालिम सञ्चालन गरिनेछ । डिजिटल मार्केटिङ, कर, वित्तीय तथा व्यवसाय व्यवस्थापनसम्बन्धी प्रशिक्षणका साथै नयाँ बजार र व्यापार विस्तारका अवसर सिर्जना गरिनेछ ।

९. मेड इन इटहरी अभियान

इटहरीमा उत्पादन भएका वस्तु तथा सेवाको प्रवद्र्धन गरिनेछ । नयाँ उद्योग, व्यावसाय, सेवा तथा उत्पादनमूलक लगानी आकर्षित गर्न स्थानीय सरकारसँग समन्वय गरिनेछ । इटहरीको उत्पादन, अन्तर जिल्ला, प्रदेश र अन्तर देशसम्म प्रवद्र्धन तथा निर्यातका लागि पहल गरिनेछ ।

१०. स्वस्फूर्त पूर्णकालीन व्यवसाय सञ्चालनको वातावरण

व्यवसायीको पेशा, व्यवसाय गर्ने अधिकारको सम्मान गर्दै अनावश्यक बजार बन्द, अवरोध तथा जबर्जस्ती बन्द गराउने प्रवृत्तिको सट्टा संवाद, सहमति र सहकार्यको माध्यमबाट व्यवसायीले निर्भय, सुरक्षित र स्वस्फूर्त रूपमा व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण निर्माणका लागि पहल गरिनेछ । साँझदेखि रातिसम्म पनि व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गरिनेछ । इटहरीको आर्थिक गतिविधिलाई साँझमै सीमित हुन नदिई व्यापारिक गतिविधि विस्तार गर्ने वातावरण निर्माणका लागि आवश्यक पहल गरिनेछ ।

११. व्यवसायीका समस्या समाधानमा सरकारको साथ

कर, प्रशासन, सुरक्षा तथा अन्य समस्यामा छिटो समाधानका लागि उद्योग वाणिज्य संघभित्र स्थायी हेल्प डेस्क स्थापना गरिनेछ । साथै, व्यवसायीका हरेक आवाजलाई स्थानीय सरकारसम्म सशक्त रूपमा पु¥याइनेछ । व्यवसायमैत्री नीति निर्माण, झन्झटिलो प्रशासनिक प्रक्रियालाई सरलीकरण तथा सरकारी कामकाजलाई छिटो, पारदर्शी र उत्तरदायी बनाउन संघले प्रभावकारी पैरवी र समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।

१२. स्थानीय रोजगारी, समृद्ध इटहरी

स्थानीय स्तरमा रोजगारीका अवसर अभिवृद्धि गर्न हरेक वर्ष ‘जब फेयर’ आयोजना गरिनेछ । उद्योग–व्यवसाय र रोजगारी खोजिरहेका युवालाई जोड्दै स्थानीय रोजगारी सिर्जना र दक्ष जनशक्तिको उपयोगलाई प्राथमिकता दिइनेछ ।

१३. वातावरणमैत्री, सफा र हरित इटहरी निर्माण

स्वच्छ, हरित र वातावरणमैत्री इटहरी निर्माणका लागि स्थानीय सरकार, व्यवसायी र सरोकारवालासँग सहकार्य गरिनेछ । प्लास्टिक न्यूनीकरण, फोहोरको उचित व्यवस्थापन, वृक्षारोपण, हरित सहर अभियान तथा वातावरणमैत्री व्यवसायिक अभ्यासलाई प्रोत्साहन गर्दै इटहरीलाई आकर्षक, व्यवस्थित र दिगो व्यापारिक सहरका रूपमा विकास गर्न पहल गरिनेछ ।

१४. वाचा पूरा गर्ने संस्कार

हामी घोषणा गरेर बिर्सिने होइन, हरेक प्रतिबद्धताको प्रगति सार्वजनिक गर्दै कामको आधारमा मूल्याङ्कन हुन तयार रहनेछौं ।

पहिलो ३० दिन : व्यवसायी सहायता डेस्क सञ्चालन गरिनेछ ।
पहिलो ६० दिन : डिजिटल सेवा सुरु गरिनेछ ।
पहिलो १०० दिन : घरबहाल कर, बैंकिङ र बजार व्यवस्थापनबारे सरोकारवालासँग उच्चस्तरीय संवाद र कार्ययोजना सार्वजनिक गरिनेछ ।

Tags: #उवासंघघोषणापत्रनवराज काफ्लेनिर्वाचनप्रतिबद्धतासङ्कल्प
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागूऔषधविरुद्धको अभियानअन्तर्गत सुनसरी र झापाबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट...

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य
FEATURE BREAKING

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

विराटनगर : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको...

पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३
इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३
कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

असार ३०, २०८३
कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

असार ३०, २०८३
पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    460 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.