सुनसरी हरिनगर ६ घुस्की बस्ने अकमुल अंसारी लागूऔषध सहित पक्राउ परेका छन् ।
इनरुवा १ गोलपार्क एरियामा विशेष सुराकीका आधारमा साईकलमा आईरहेका अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनिमाथी चेकजाँच गर्दा अवैध लागूऔषध ४९ बोतल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनी उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाईएको प्रहरीले जनाएको छ ।













Discussion about this post