इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–१० भुटाहाखालमा बिजुलीको पोलमा चढेर बत्ती जोड्ने क्रममा लड्दा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही स्थानका ६० वर्षीय चतुरलाल चौधरी रहेका छन्।
प्रहरीका अनुसार बिहीबार साँझ आफ्नै घरअगाडि रहेको बिजुलीको पोलमा बाँसको सिँढी चढेर बत्ती जोड्ने क्रममा सिँढी चिप्लिँदा चौधरी बाटोमा खसेका थिए। गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





















Discussion about this post