Saturday, July 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

उवासंघ निर्वाचन : अन्तिम घरदैलोमा काफ्ले र भण्डारी, कसले मार्ला बाजी ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २६, २०८३
in निर्वाचन, समाचार
0
उवासंघ निर्वाचन : अन्तिम घरदैलोमा काफ्ले र भण्डारी, कसले मार्ला बाजी ?
72
SHARES
Share on FacebookShare on Twitter

इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको नयाँ नेतृत्व चयनका लागि शनिबार (भोलि) हुने निर्वाचनले स्थानीय व्यवसायिक वृत्तको ध्यान तानेको छ।

अध्यक्ष पदका लागि नवराज काफ्ले र गायत्री कटुवाल भण्डारीबीच प्रतिस्पर्धा हुनेछ। यसपटकको चुनावलाई प्रतिस्पर्धात्मक मानिएको छ।

दुवै उम्मेदवारले चुनावी अभियानका क्रममा व्यवसायीका साझा समस्या समाधान, संघको प्रभावकारिता वृद्धि र व्यवसायमैत्री वातावरण निर्माणलाई मुख्य एजेन्डा बनाएका छन्। दुवैले घरदैलो, भेटघाट र छलफलमार्फत मतदातासँग अन्तिम चरणको चुनावी अभियान गरेका छन्।

गायत्री कटुवाल भण्डारी उद्योग वाणिज्य संघ इटहरीकी पूर्व कोषाध्यक्ष तथा रेडिमेड व्यवसायी संघ इटहरीकी संस्थापक अध्यक्ष हुन्।

उनी यसपटक निर्वाचित भए उद्योग वाणिज्य संघ इटहरीको इतिहासमै पहिलो महिला अध्यक्ष बन्नेछिन्। भण्डारीले संघमा पारदर्शिता, महिला नेतृत्वको सशक्त उपस्थिति र व्यवहारिक सुधारका एजेन्डा अघि सारेकी छन्।

अघिल्लो निर्वाचनको अनुभवले आफूलाई अझ परिपक्व बनाएको उनको भनाइ छ। उनलाई नेकपा माओबादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध व्यवसायीहरूले समर्थन गरेका छन्। यद्यपि, उनी कांग्रेस पृष्ठभूमिकी हुन्।

उता नवराज काफ्ले भने उद्योग वाणिज्य संघका लगातार तीन कार्यकाल निर्वाचित कार्यसमिति सदस्य हुन्।

इट्टा उद्योग, होटल, कृषि तथा व्यापार क्षेत्रमा लामो अनुभव भएका काफ्लेले संघलाई डिजिटल प्रविधिमैत्री बनाउने, सदस्यता नवीकरणलाई अनलाइन प्रणालीमा लैजाने, रात्रिकालीन बजार प्रवर्द्धन, व्यवसायी–सरकार समन्वय तथा लगानीमैत्री वातावरण निर्माणलाई आफ्नो प्रमुख प्राथमिकता बनाएका छन्।

यसअघि भवन निर्माण समितिको कोषाध्यक्ष भएरसमेत काम गरिसकेका काफलेलाई नेपाली कांग्रेस र नेकपा एमालेमा आबद्ध व्यवसायीहरूले समर्थन गरेका छन्। उनी पनि कांग्रेस पृष्ठभूमिकै हुन्।

खासगरी व्यवसायिक वृत्तमा दुवै उम्मेदवारको पक्षमा आ–आफ्नै दाबी भइरहेका छन्।

एक पक्षले काफ्लेको संगठन, लामो संस्थागत अनुभव र संयुक्त प्यानललाई बलियो आधार मानिरहेको छ भने अर्को पक्षले भण्डारीप्रतिको व्यक्तिगत विश्वास, महिला नेतृत्वको अपेक्षा र स्वतन्त्र छवाले मतदाता आकर्षित गर्न सक्ने आकलन गरिरहेको छ।

यद्यपि निर्वाचनको परिणामबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न सकिने अवस्था छैन। दुवै पक्षले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन्। अन्तिम निर्णय भने शनिबार मतपेटिकाबाट आउने जनमतले गर्नेछ।

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा यसपटक कुल २ हजार ३ सय ६५ मतदाता रहेका छन् ।

Tags: #इटहरी#उवासंघनिर्वाचन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उवासंघ इटहरी निर्वाचन : एक हजार ५४३ मत खस्यो, मतगणना आइतबार मात्रै
FEATURE BREAKING

उवासंघ इटहरी निर्वाचन : एक हजार ५४३ मत खस्यो, मतगणना आइतबार मात्रै

by टाकुरा न्यूज । इटहरी
असार २७, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनमा कुल एक हजार ५४३ मत खसेको...

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु
समाचार

मोरङको बूढीगंगामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार २७, २०८३
0

इटहरी : मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकस्थित कोशी लोकमार्गमा यात्रुबाहक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार...

जेनजी आन्दोलनमा जलेको विराटनगर भाटभटेनी १० महिनापछि पुनः सञ्चालनमा

जेनजी आन्दोलनमा जलेको विराटनगर भाटभटेनी १० महिनापछि पुनः सञ्चालनमा

असार २७, २०८३
खोटाङमा मजदुरीको पैसा माग्ने विषयमा खुकुरी प्रहार गरी हत्या, तीन जना पक्राउ

खोटाङमा मजदुरीको पैसा माग्ने विषयमा खुकुरी प्रहार गरी हत्या, तीन जना पक्राउ

असार २७, २०८३
१०८ धारा र धर्मशालाले रामधुनी मन्दिरमा थपियो नयाँ आकर्षण

१०८ धारा र धर्मशालाले रामधुनी मन्दिरमा थपियो नयाँ आकर्षण

असार २७, २०८३
कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने

कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने

असार २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उवासंघ इटहरी निर्वाचन : एक हजार ५४३ मत खस्यो, मतगणना आइतबार मात्रै

उवासंघ इटहरी निर्वाचन : एक हजार ५४३ मत खस्यो, मतगणना आइतबार मात्रै

असार २७, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

मोरङको बूढीगंगामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

असार २७, २०८३
जेनजी आन्दोलनमा जलेको विराटनगर भाटभटेनी १० महिनापछि पुनः सञ्चालनमा

जेनजी आन्दोलनमा जलेको विराटनगर भाटभटेनी १० महिनापछि पुनः सञ्चालनमा

असार २७, २०८३
खोटाङमा मजदुरीको पैसा माग्ने विषयमा खुकुरी प्रहार गरी हत्या, तीन जना पक्राउ

खोटाङमा मजदुरीको पैसा माग्ने विषयमा खुकुरी प्रहार गरी हत्या, तीन जना पक्राउ

असार २७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    764 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    596 shares
    Share 238 Tweet 149
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    404 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    356 shares
    Share 142 Tweet 89

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.