Monday, August 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

‘दिन–रात व्यवसायीको साथ’भन्दै नवराज काफ्ले समूहद्वारा आठबुँदे प्रतिबद्धता सार्वजनिक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २६, २०८३
in निर्वाचन, समाचार
0
‘दिन–रात व्यवसायीको साथ’भन्दै नवराज काफ्ले समूहद्वारा आठबुँदे प्रतिबद्धता सार्वजनिक
69
SHARES
Share on FacebookShare on Twitter

इटहरी : उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि शनिबार हुने निर्वाचनअघि अध्यक्षका उम्मेदवार नवराज काफ्ले नेतृत्वको साझा समूहले व्यवसायीको हितलाई केन्द्रमा राख्दै आठबुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

समूहले ‘दिन–रात व्यवसायीको साथ’ भन्ने मूल सन्देशसहित संघलाई व्यवसायीको साझा, समावेशी र पूर्ण डिजिटल संस्थाका रूपमा विकास गर्ने योजना अघि सारेको हो।

शुक्रबार आयोजित पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा उद्योग वाणिज्य संघलाई कुनै पनि राजनीतिक, सामाजिक, लैङ्गिक वा आर्थिक विभाजनबाट मुक्त राख्दै सम्पूर्ण व्यवसायीको साझा संस्थाका रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

समूहले निर्वाचनलाई राजनीतिक प्रतिस्पर्धाभन्दा पनि व्यवसायीको साझा भविष्य निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राख्दै हार–जितपछि पनि सबै व्यवसायीबीच सहकार्य र सहअस्तित्व कायम राखेर संस्थालाई थप सशक्त बनाइने जनाएको छ।

प्रतिबद्धतापत्रमा व्यवसायीलाई समस्या पर्दा जुनसुकै समयमा पनि संघका पदाधिकारी प्रत्यक्ष रूपमा उपस्थित भई समन्वय र सहजीकरण गर्ने ‘दिन–रात व्यवसायीको साथ’ अभियान सञ्चालन गरिने उल्लेख छ।

त्यसैगरी, अनावश्यक बजार बन्द गर्ने परम्पराको अन्त्य गर्दै निर्भय वातावरणमा व्यापार–व्यवसाय सञ्चालन गर्ने, इटहरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेला, प्रदर्शनी तथा लगानी सम्मेलन आयोजना गरी व्यापार प्रवर्द्धन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

समूहले ‘मुठीदेखि मोबाइलसम्म’को अवधारणाअनुसार उद्योग वाणिज्य संघलाई पूर्ण रूपमा डिजिटल बनाउने घोषणा गरेको छ।

यसअन्तर्गत मोबाइल एपमार्फत सदस्यता नवीकरणदेखि सेवा प्रवाहसम्मका काम घर वा पसलबाटै गर्न सकिने व्यवस्था मिलाइने, साथै डिजिटल मार्केटिङ र ई–कमर्ससम्बन्धी तालिम सञ्चालन गरिने जनाइएको छ।

घरबहाल करको दीर्घकालीन समाधानका लागि स्थानीय सरकारसँग समन्वय गरी घरधनीले नै घरबहाल कर तिर्ने व्यवस्था मिलाउन पहल गरिने, भ्याट तथा करसम्बन्धी समस्या समाधानका लागि राजस्व कार्यालयसँग सहकार्यमा नियमित तालिम सञ्चालन गरिने प्रतिबद्धता पनि समेटिएको छ।

प्रतिबद्धतापत्रमा इटहरीलाई सूचना प्रविधि (आईटी), नवप्रवर्तन र स्टार्टअप व्यवसायको केन्द्रका रूपमा विकास गर्न लगानीकर्ता भित्र्याउने, बैंक तथा सरकारी निकायसँग साझेदारी गरी नयाँ उद्यमलाई प्रवर्द्धन गर्ने तथा युवालाई उद्यमशीलतामा जोड्ने कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

महिला उद्यमशीलतालाई विशेष प्राथमिकता दिँदै डिजिटल मार्केटिङ, वित्तीय व्यवस्थापन र कर प्रणालीसम्बन्धी तालिम सञ्चालन गर्ने, महिला उद्यमीको वित्तीय पहुँच विस्तार गर्ने तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने पनि समूहले जनाएको छ।

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ इटहरीका वर्तमान अध्यक्ष जीवन पराजुलीले आफ्नो कार्यकालमा पूरा हुन नसकेका योजनालाई काफ्ले नेतृत्वको समूहले निरन्तरता दिँदै पूरा गर्ने विश्वास व्यक्त गरे।

अध्यक्षका लागि काफ्ले र गायत्री कटवाल भण्डारी प्रतिस्पर्धामा छन्। संघको निर्वाचनका लागि कुल २ हजार ३ सय ६५ मतदाता छन्।

Tags: #उवासंघनवराज काफ्लेनिर्वाचन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
FEATURE BREAKING

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

तीन दशक अघिसम्म काठमाडौं पुरै वन जंगलले घेरिएको थियो । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी,...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

झापा : झापाको कचनकवलमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ। कचनकवल गाउँपालिका–१ स्थित चिया बगानमा...

भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका कपडा बरामद

साउन ३१, २०८३
भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

साउन ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

भदौ १, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

भदौ १, २०८३
भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.