झापाको अर्जुनधारा ५ स्थित बैसाबारी बस्ने तीनजना गोरु काटेर खाएको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय २० बर्षीय ईमन दाहाल, २७ बर्षीय वीर बहादुर दनुवार र अर्का बर्ष २७ कै टीकाराम दनुवार रहेका छन् ।
गोरु काटेर खाई गोरुको टाँउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको भनि स्थानीयले प्रहरी चौकी शनिश्चरेमा दिएको सूचना अनुसार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनासाथ प्रहरी टोली खटि गई तीनै जनालाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
यसै गरी उनिहरुले गाडेको गोरुको टाँउको र खुट्टा समेत फेला पारीएको र पक्राउ परेका तिनै जना उपर कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।













Discussion about this post