Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

कैदीबन्दीको अधिकार सुनिश्चित गर्न कारागार सुधार अपरिहार्य : इन्सेक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
in समाचार
0
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती
69
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : सुधार गृहको रूपमा हुनुपर्ने कारागारमा ठूलो सङ्ख्यामा कैदीबन्दी राखिएकाले धनकुटा कारागारको अवस्था, सुरक्षा व्यवस्था र चुनौतिका बारेमा जानकारी लिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अनुगमन गरेको छ ।

इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेल नेतृत्वको टोलीले हिरासत कक्ष र कारागारको अवस्थाका साथै थुनुवा र कैदीबन्दीहरूको आधारभूत मानव अधिकार, स्वास्थ्य अवस्था, खानपान, सरसफाइ र उनीहरूमाथि हुने व्यवहारको बारेमा स्थलगत अनुगमन गरेको हो ।

इन्सेकले कारागार र हिरासत कक्षमा क्षमताभन्दा बढी मानिस राखिएको/नराखिएको, उनिहरूमाथि कुनै पनि किसिमको यातना वा अमानवीय व्यवहार भए/नभएको, थुनुवाहरूको नियमित स्वास्थ्य परीक्षण भए/नभएको, कानुन व्यवसायी र परिवार भेट्न र स्वतन्त्र रूपमा बयान दिन पाए/नपाएको, स्वच्छ खानेपानी तथा शौचालयको सुविधा र सुत्ने ठाउँको अवस्था र आधारभूत औषधोपचारको पहुँचको अवस्थाबारे बुझ्न नियमित रूपमा अनुगमन गर्दै आएको छ ।

“सरकारकै नीतिअनुरुप कारागारहरूलाई यातना गृहबाट सुधार गृहमा रूपान्तरण गर्नु र कैदीबन्दी तथा थुनुवाहरूको आधारभूत मानव अधिकार सुनिश्चित गर्नु अनुगमनको उद्देश्य हो” इन्सेक कोशी प्रदेश संयोजक पोखरेलले भने, “कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी राख्नु पर्दा सुरक्षा व्यवस्था चुनौतिपूर्ण रहेको र यसले कैदीबन्दीहरू आधारभूत मानव अधिकारबाट समेत वञ्चित रहनु परेको पाइयो ।”

कारागारमा कैद भोगिरहेका कैदीहरुलाई समाजमा पुनस्र्थापित गर्न आवश्यक पर्ने ज्ञान, सीप, नैतिकता र आत्मविश्वासको विकास गर्नु आवश्यक रहेको बताउँदै पोखरेलले कैदीहरुलाई विभिन्न तालिम, प्रशिक्षणबाट सुधार गरी समाजोपयोगी नागरिकमा रुपान्तरण गर्दै समाजमा पुनस्र्थापना गर्ने प्रयास राज्यको हुनुपर्ने बताए ।

कैदीबन्दीहरूको बाँच्न पाउने अधिकार, स्वास्थ्यको अधिकारप्रति बढी संवेदनशील हुन उनले आग्रह गरे ।

३५ जनाको क्षमता रहेको धनकुटा कारागारको पुरुष कक्षमा एक सय ६९ जना कैदीबन्दी रहेका छन् भने १५ जना क्षमता भएको महिला कारागारमा तीन जना कैदी रहेका छन् ।

कारागारका कैदीबन्दीहरूले खान, बस्न, सुत्न, परिवारसँगको भेटघाटसहित पत्रपत्रिका, रेडियो, टेलिभिजन, टेलिफोनको व्यवस्था भएको बताए । कारागारमा रहेका २० जना कैदीबन्दीहरूले सामूहिक रूपमा मुढा लगायतका बाँसका सामाग्री बनाएर बिक्री गर्दै आएका छन् ।

कारागारका चौकीदार रामकुमार राईले कारागारमा शौचालयको शेफ्टी ट्याङ्कीको निकास र खानेपानीको समस्या रहेको बताए ।

जेलर सन्दीप न्यौपानेले कारागारभित्र महिला कक्षमा एक ओटा र पुरुष कक्षमा आठ ओटा टेलिभिजन र चार ओटा टेलिफोन रहेको तथा पुरुष कक्षमा ६ ओटा शौचालय तथा महिला कक्षमा एक ओटा शौचालय रहेको बताए ।

कारागारमा दरबन्दी रहेपनि करिब दुई वर्षदेखि अहेवको पद खाली रहेको र केही समयदेखि कम्प्युटर अपरेटरको दरवन्दी पनि खाली रहेको जेलर न्यौपानेले बताए ।

जिल्ला प्रहरी कार्यालय, धनकुटाको थुनुवा कक्षको अनुगमनका क्रममा नयाँ निर्माण भएको प्रहरी कार्यालयको भवनमा महिला, बालबालिका र ठूला मानिसका लागि छुट्टाछुट्टै तीनओटा हिरासत कक्ष रहेका छन् ।

जसमा एक महिलासहित २३ जना थुनुवा रहेका थिए । लागु औषधका आरोपित थुनुवाहरुले हिरासत कक्षमा लामो समय बस्नु पर्ने भएकाले टेलिभिजनको व्यवस्था हुनुपर्ने माग गरे ।

जिल्ला प्रहरी कार्यालयका एसपी नारायण रञ्जितकारले नयाँ भवन बनेपछि मानव अधिकारमैत्री थुनुवा कक्ष भएको र बन्दीहरुलाई मैत्रीपूर्ण व्यवहार गर्ने गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राही र थुनुवाका आफन्तहरूलाई सहजीकरण गर्न नागरिक सहायता कक्ष नै स्थापना गरी आवश्यक सहयोग गर्ने गरिएको उनले बताए ।

Tags: #धनकुटाइन्सेककारागारमनोहरकुमार पोखरेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
FEATURE BREAKING

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
समाचार

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर...

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    637 shares
    Share 255 Tweet 159
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    374 shares
    Share 150 Tweet 94
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.