Saturday, September 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

कैदीबन्दीको अधिकार सुनिश्चित गर्न कारागार सुधार अपरिहार्य : इन्सेक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
in समाचार
0
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती
69
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : सुधार गृहको रूपमा हुनुपर्ने कारागारमा ठूलो सङ्ख्यामा कैदीबन्दी राखिएकाले धनकुटा कारागारको अवस्था, सुरक्षा व्यवस्था र चुनौतिका बारेमा जानकारी लिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अनुगमन गरेको छ ।

इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेल नेतृत्वको टोलीले हिरासत कक्ष र कारागारको अवस्थाका साथै थुनुवा र कैदीबन्दीहरूको आधारभूत मानव अधिकार, स्वास्थ्य अवस्था, खानपान, सरसफाइ र उनीहरूमाथि हुने व्यवहारको बारेमा स्थलगत अनुगमन गरेको हो ।

इन्सेकले कारागार र हिरासत कक्षमा क्षमताभन्दा बढी मानिस राखिएको/नराखिएको, उनिहरूमाथि कुनै पनि किसिमको यातना वा अमानवीय व्यवहार भए/नभएको, थुनुवाहरूको नियमित स्वास्थ्य परीक्षण भए/नभएको, कानुन व्यवसायी र परिवार भेट्न र स्वतन्त्र रूपमा बयान दिन पाए/नपाएको, स्वच्छ खानेपानी तथा शौचालयको सुविधा र सुत्ने ठाउँको अवस्था र आधारभूत औषधोपचारको पहुँचको अवस्थाबारे बुझ्न नियमित रूपमा अनुगमन गर्दै आएको छ ।

“सरकारकै नीतिअनुरुप कारागारहरूलाई यातना गृहबाट सुधार गृहमा रूपान्तरण गर्नु र कैदीबन्दी तथा थुनुवाहरूको आधारभूत मानव अधिकार सुनिश्चित गर्नु अनुगमनको उद्देश्य हो” इन्सेक कोशी प्रदेश संयोजक पोखरेलले भने, “कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी राख्नु पर्दा सुरक्षा व्यवस्था चुनौतिपूर्ण रहेको र यसले कैदीबन्दीहरू आधारभूत मानव अधिकारबाट समेत वञ्चित रहनु परेको पाइयो ।”

कारागारमा कैद भोगिरहेका कैदीहरुलाई समाजमा पुनस्र्थापित गर्न आवश्यक पर्ने ज्ञान, सीप, नैतिकता र आत्मविश्वासको विकास गर्नु आवश्यक रहेको बताउँदै पोखरेलले कैदीहरुलाई विभिन्न तालिम, प्रशिक्षणबाट सुधार गरी समाजोपयोगी नागरिकमा रुपान्तरण गर्दै समाजमा पुनस्र्थापना गर्ने प्रयास राज्यको हुनुपर्ने बताए ।

कैदीबन्दीहरूको बाँच्न पाउने अधिकार, स्वास्थ्यको अधिकारप्रति बढी संवेदनशील हुन उनले आग्रह गरे ।

३५ जनाको क्षमता रहेको धनकुटा कारागारको पुरुष कक्षमा एक सय ६९ जना कैदीबन्दी रहेका छन् भने १५ जना क्षमता भएको महिला कारागारमा तीन जना कैदी रहेका छन् ।

कारागारका कैदीबन्दीहरूले खान, बस्न, सुत्न, परिवारसँगको भेटघाटसहित पत्रपत्रिका, रेडियो, टेलिभिजन, टेलिफोनको व्यवस्था भएको बताए । कारागारमा रहेका २० जना कैदीबन्दीहरूले सामूहिक रूपमा मुढा लगायतका बाँसका सामाग्री बनाएर बिक्री गर्दै आएका छन् ।

कारागारका चौकीदार रामकुमार राईले कारागारमा शौचालयको शेफ्टी ट्याङ्कीको निकास र खानेपानीको समस्या रहेको बताए ।

जेलर सन्दीप न्यौपानेले कारागारभित्र महिला कक्षमा एक ओटा र पुरुष कक्षमा आठ ओटा टेलिभिजन र चार ओटा टेलिफोन रहेको तथा पुरुष कक्षमा ६ ओटा शौचालय तथा महिला कक्षमा एक ओटा शौचालय रहेको बताए ।

कारागारमा दरबन्दी रहेपनि करिब दुई वर्षदेखि अहेवको पद खाली रहेको र केही समयदेखि कम्प्युटर अपरेटरको दरवन्दी पनि खाली रहेको जेलर न्यौपानेले बताए ।

जिल्ला प्रहरी कार्यालय, धनकुटाको थुनुवा कक्षको अनुगमनका क्रममा नयाँ निर्माण भएको प्रहरी कार्यालयको भवनमा महिला, बालबालिका र ठूला मानिसका लागि छुट्टाछुट्टै तीनओटा हिरासत कक्ष रहेका छन् ।

जसमा एक महिलासहित २३ जना थुनुवा रहेका थिए । लागु औषधका आरोपित थुनुवाहरुले हिरासत कक्षमा लामो समय बस्नु पर्ने भएकाले टेलिभिजनको व्यवस्था हुनुपर्ने माग गरे ।

जिल्ला प्रहरी कार्यालयका एसपी नारायण रञ्जितकारले नयाँ भवन बनेपछि मानव अधिकारमैत्री थुनुवा कक्ष भएको र बन्दीहरुलाई मैत्रीपूर्ण व्यवहार गर्ने गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राही र थुनुवाका आफन्तहरूलाई सहजीकरण गर्न नागरिक सहायता कक्ष नै स्थापना गरी आवश्यक सहयोग गर्ने गरिएको उनले बताए ।

Tags: #धनकुटाइन्सेककारागारमनोहरकुमार पोखरेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
0

इटहरी : कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई...

धार्मिक–सांस्कृतिक पहिचान झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा (फोटो फिचर)
FEATURE BREAKING

विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा : धार्मिक उत्सवदेखि सामाजिक सेवासम्म

by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
0

विराटनगर : विराटनगरमा शनिबार आयोजना हुने ५९औँ राधाकृष्ण रथयात्राको अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले रथयात्राले धार्मिक आस्था, सांस्कृतिक मौलिकता,...

खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३
‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

भदौ १९, २०८३
सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

भदौ १९, २०८३
हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

भदौ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३
धार्मिक–सांस्कृतिक पहिचान झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा (फोटो फिचर)

विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा : धार्मिक उत्सवदेखि सामाजिक सेवासम्म

भदौ २०, २०८३
खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३
‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

भदौ १९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.