सुनसरीको भोक्राहा नर्सिङबाट दुई युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले छापा मार्दा भोक्राहा नर्सिङ ४ चिरौली नहरबाट २० बर्षीय जमाल अन्सारी र २२ बर्षीय प्रविणकुमार उरावलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट डाइलक्स डिसि १०० एमलको १०७ बोतल वरामद भएको छ । त्यस्तै, नाइट्राभेट १ सय पत्ता (३ हजार ट्याब्लेट), स्पास्मोप्रोक्सिभन प्लस ६९६ क्याप्सुल पनि वरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनीहरुमाथि जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।













Discussion about this post