Thursday, September 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ८, २०८३
in विविध, समाचार
0
इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन
146
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले साधारण शिक्षासँगै होटल म्यानेजमेन्ट र ब्युटिसियन एन्ड हेयर डिजाइन विषयको पढाई सुरु गरेको छ ।

विद्यालयले रोजगारमुखी विषयको अध्ययन–अध्यापन सुरु गरेपछि विद्यार्थीको आकर्षण बढेको छ ।

विद्यालयले शुक्रबार कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत र सिभिल इन्जिनियरिङ् तेस्रो वर्ष अध्ययन पूरा गरेका विद्यार्थीको बिदाइ कार्यक्रम आयोजना गर्दै व्यावसायिक शिक्षालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनायो ।

विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले रोजगारसँग जोडिएको शिक्षालाई प्राथमिकता दिँदै विद्यार्थीलाई सीप, ज्ञान र व्यवहारिक क्षमतासहित सक्षम बनाउने उद्देश्यले नयाँ विषय सञ्चालन गरिएको बताए ।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीताकुमारी चौधरीले सरकारी विद्यालयले समयअनुसार शिक्षाको स्वरूप परिवर्तन गर्दै विद्यार्थीलाई सीपसँग जोड्नुपर्ने बताइन्। उनले प्राविधिक तथा व्यावसायिक शिक्षाले विद्यार्थीलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने बताइन् ।

कार्यक्रममा सहभागी विज्ञ तथा विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूले विद्यार्थीलाई केवल प्रमाणपत्र प्राप्तिका लागि नभई आफ्नो रुचि, क्षमता र सीप पहिचान गरी भविष्यको करिअर निर्माणमा केन्द्रित हुन सुझाव दिए ।

पूर्वाञ्चल विश्वविद्यालय फ्याकल्टी अफ म्यानेजमेन्टका निवर्तमान डिन प्राध्यापक डाक्टर सन्देशदास श्रेष्ठ, जनता बहुमुखी क्याम्पस इटहरीका अध्यक्ष विकास केसी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जीवन पराजुली, पूर्व राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङ र ब्यूटिसियन बिजुबैनी श्रेष्ठले शिक्षा, उद्यमशीलता, खेलकुद तथा व्यावसायिक सीपका क्षेत्रमा रहेका अवसरबारे विद्यार्थीलाई प्रेरणादायी अनुभव र सुझाव प्रस्तुत गरे ।

कार्यक्रममा विद्यालयमा अध्ययन गरी हाल विभिन्न सरकारी निकायमा कार्यरत पूर्व विद्यार्थीलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा इटहरी उपमहानगरपालिका वडा नं। ४ का प्राविधिक युवराज तिवारी, ग्रामथान गाउँपालिका मोरङकी प्राविधिक वर्षा ढकाल, इटहरी–१ की प्राविधिक रोजिना श्रेष्ठ, चौदण्डीगढी गाउँपालिका उदयपुरका प्राविधिक सुजन मगर, इटहरी–२० की प्राविधिक दीपा भण्डारी, इटहरी–१२ की प्राविधिक पूजा सिवा तथा राष्ट्रिय वाणिज्य बैंक धरानमा कार्यरत चिरञ्जीवी खतिवडा रहेका छन् ।

यस्तै, शैक्षिक सत्र २०८२ मा राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ उत्तीर्ण उत्कृष्ट विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । कम्प्युटर विज्ञानतर्फ आयुष खतिवडाले ३.८१ जिपिए, व्यवस्थापन अंग्रेजी माध्यमतर्फ अनुसा रिजालले ३.६५ जिपिए र कम्प्युटर विज्ञानतर्फ आशिका प्रधानले ३.६० जिपिए प्राप्त गरेका थिए ।

विद्यालयले शैक्षिक सत्र २०८२ मा अनुशासन, नियमित उपस्थिति, उत्कृष्ट अध्ययन तथा अतिरिक्त क्रियाकलापमा उल्लेखनीय योगदान पु¥याउने विद्यार्थीलाईसमेत सम्मान गरियो ।

सम्मानित हुने विद्यार्थीहरूमा विज्ञान समूहबाट सन्देश लिम्बू र जेनी मगर, होटल म्यानेजमेन्ट समूहबाट रुकमणी कार्की र मेलिना खड्का, व्यवस्थापन समूहबाट प्रतिमा कट्वाल, व्यवस्थापनअन्तर्गत कम्प्युटर विज्ञान समूहबाट प्रशिका श्रेष्ठ, शिक्षा समूहबाट प्रज्ञान राई, प्राविधिक शिक्षातर्फ सञ्जीव तिम्सिना तथा अतिरिक्त क्रियाकलापतर्फ विज्ञान समूहकी करुणा खड्का रहेका छन् ।

कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विज्ञान, शिक्षा, व्यवस्थापन, होटल म्यानेजमेन्ट तथा ब्युटिसियन समूहका ३७५ जना विद्यार्थीको १८ औं ब्याज स्वागत कार्यक्रम गरिएको थियो ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङ तेस्रो वर्ष अध्ययन पूरा गरेका २३ जना विद्यार्थीको आठौं ब्याज बिदाइ गरिएको थियो ।

कक्षा १२ शिक्षा समूहकी दृष्टि तिवारीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा इटहरी उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष रतन कार्कीसहित विभिन्न व्यक्तित्वले मन्तव्यराखेका थिए भने कार्यक्रम अतिरिक्त क्रियाकलाप समितिका संयोजक रोबनराज कार्कीले सञ्चालन गरेका थिए ।

Tags: राष्ट्रिय माध्यमिक विद्यालयराष्ट्रिय माविशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

साइबर मुद्दामा  पूर्व विव्यस अध्यक्ष  झा पक्राउ
FEATURE BREAKING

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८३
0

इटहरी । पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विनोद झा पक्राउ परेका छन्। इटहरी–१७ का वडाध्यक्ष प्रभातकुमार आचार्यले दिएको...

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी
FEATURE BREAKING

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८३
0

धरान । गत वर्ष जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडका कारण पूर्ण रुपमा बन्द भएको धरानस्थित भाटभटेनीले आफ्नो सेवा सुरु गरेको...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३
अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

भदौ २४, २०८३
खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

साइबर मुद्दामा  पूर्व विव्यस अध्यक्ष  झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३
खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

भदौ २४, २०८३
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३



लाेकप्रिय

  • इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

    इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    294 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    288 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.