धनकुटा : धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित जनता आवासका लागि निर्माण गरिएको घरबाट आठ सय चार केजी गाँजासहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा छथरजोरपाटी गाउँपालिका–४ घर भई हाल चौबिसे गाउँपालिका–४ मा होटल सञ्चालन गर्दै आएका करिब ४० वर्षीय हरिप्रसाद ओझा र चौबिसे गाउँपालिका–४ निवासी ३४ वर्षीय आशिष विश्वकर्मा रहेका छन्।
प्रहरीले विशेष सूचनाका आधारमा जनता आवासका लागि निर्माण गरिएको घरमा खानतलासी गर्दा प्लास्टिकका ४८ वटा बोरामा राखिएको आठ सय चार केजी गाँजा बरामद गरेको हो।
बरामद गरिएको गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post