Sunday, August 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा ४१८ किलो गाँजासहित चार पक्राउ, एउटै रुटमा कार र मोटरसाइकलबाट ओसारपसार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २३, २०८३
in समाचार
0
सुनसरीमा ४१८ किलो गाँजासहित चार पक्राउ, एउटै रुटमा कार र मोटरसाइकलबाट ओसारपसार
68
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको बराहक्षेत्रमा प्रहरीले कार र मोटरसाइकलबाट ओसारपसार भइरहेको ४१८ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट शनिबार बिहान खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–१ स्थित गुप्त बराह–चतरा भित्री सडकखण्डमा विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार बराहक्षेत्रबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा २२ वटा प्लास्टिकका पोकामा लुकाएर राखिएको ४१८ किलो गाँजा फेला परेको थियो।

पक्राउ पर्नेमा कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जीवनी राई तथा मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र पछाडि सवार सोही ठाउँका ३८ वर्षीय शंकर चौधरी छन्।

प्रहरीले गाँजा ओसारपसारमा दुवै सवारी साधन प्रयोग भएको जनाएको छ। पक्राउ परेका चारै जना, बरामद गाँजा र सवारी साधनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Tags: गाँजाबराहक्षेत्र
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

अरुण उपत्यका
विविध

अरुण उपत्यका

by टाकुरा न्यूज । इटहरी
साउन २४, २०८३
0

सङ्खुवासभाको सदरमुकाम नजिकै ड्रोन क्यामराबाट देखिएको खाँदबारी नगरपालिका-९ स्थित तुम्लिङटार विमानस्थल, अरुण नदी तथा आसपासको अरुण उपत्यका । अरुण उपत्यका...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

कप्तानगञ्ज घटनापछि सीमा क्षेत्रमा प्रहरी निगरानी कडा, पाँच जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन २४, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाउँदै पाँच जनालाई पक्राउ गरेको छ।...

अदुवा खेतीले बढायो इलामका किसानको जीवनस्तरमा परिवर्तन

अदुवाले बदलिँदै किसानको आम्दानी, इलाममा ३ हजार हेक्टरभन्दा बढीमा खेती

साउन २४, २०८३
सोलुखुम्बुमा मदिरा सेवनपछि १९ वर्षीय युवकले गरे चक्कु प्रहारबाट हत्या

सोलुखुम्बुमा मदिरा सेवनपछि १९ वर्षीय युवकले गरे चक्कु प्रहारबाट हत्या

साउन २४, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा बढ्दो मानव-हात्ती द्वन्द्व : आक्रमणबाट वर्षमा औसत पाँच जनाको मृत्यु

साउन २४, २०८३
बर्सेनि अस्थायी तटबन्ध, टर्दैन कोशी कटानको जोखिम

बर्सेनि अस्थायी तटबन्ध, टर्दैन कोशी कटानको जोखिम

साउन २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

अरुण उपत्यका

अरुण उपत्यका

साउन २४, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

कप्तानगञ्ज घटनापछि सीमा क्षेत्रमा प्रहरी निगरानी कडा, पाँच जना पक्राउ

साउन २४, २०८३
अदुवा खेतीले बढायो इलामका किसानको जीवनस्तरमा परिवर्तन

अदुवाले बदलिँदै किसानको आम्दानी, इलाममा ३ हजार हेक्टरभन्दा बढीमा खेती

साउन २४, २०८३
सोलुखुम्बुमा मदिरा सेवनपछि १९ वर्षीय युवकले गरे चक्कु प्रहारबाट हत्या

सोलुखुम्बुमा मदिरा सेवनपछि १९ वर्षीय युवकले गरे चक्कु प्रहारबाट हत्या

साउन २४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    425 shares
    Share 170 Tweet 106

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.