Thursday, October 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

रासस by रासस
भदौ २, २०८३
in विविध, समाचार
0
मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण
61
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उनको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् ।

मण्डलले भने, “जुटखेतीमा श्रम र समय दुवै धेरै लाग्छ । चैत वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने र झारपात उखाल्ने काम गर्नुपर्छ त्यसपछि जुट काटेर करिब एक हप्तासम्म पानीमा डुबाएर राख्नुपर्छ त्यसपछि डाँठबाट रेसा निकालेर घाममा सुकाइन्छ र भोजा बनाएपछि मात्रै बजारमा बिक्रीका लागि तयार हुन्छ ।”

यो खेतीमा मेहनत धेरै छ, तर अहिले मूल्य राम्रो भएकाले आम्दानी पनि राम्रो हुन थालेको छ । उनले वार्षिक १५ देखि २० क्विन्टलसम्म जुट उत्पादन गर्दै आएका छन् । यसबाट रु दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको उनले जानकारी दिए ।

तयार भएको जुट बिक्रीका लागि बजारको समस्या नरहेको र स्थानीय व्यापारीले खेतमै पुगेर खरिद गर्ने गरेको उनको भनाइ छ ।

जुटको मूल्यमा वृद्धि हुनुका साथै उद्योगबाट माग बढेपछि सुनसरीमा जुट खेतीतर्फ किसानको आकर्षण बढेको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा जुटखेतीको क्षेत्रफल पनि वृद्धि भएको छ ।

देवानगञ्ज गाउँपालिका–६ का रमेश यादव भने अरूको खेतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । उनी बिहान ६ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म जुटको रेसा निकाल्ने काम गर्छन् । दैनिक रु ६०० ज्याला पाउने गरेको उहाँले सुनाए ।

“आफ्नो बारी छैन, अरूको ज्यालादारीमा काम गर्छु । यसले घरखर्च धान्न केही सहयोग पुगेको छ”, उनले भने ।

सोही ठाउँका किसान वीरेन्द्र मण्डलले १० कट्ठा क्षेत्रफलमा जुटखेती गरेका छन् । अहिले जुट निकाल्ने काम तीव्र रूपमा भइरहेकाले उनले एक जना मजदुरलाई ज्यालामा काममा लगाएका छन् ।

उनले भने, “एक कट्ठामा दुईदेखि तीन मनसम्म जुट उत्पादन हुन्छ । हाल प्रतिमन पाँच हजार पाँच सयसम्ममा जुट बिक्री भइरहेको छ ।”

जुटको बीउ इटहरीस्थित जुट अनुसन्धान केन्द्र तथा भारतबाट ल्याउने गरेको उनले बताए ।

जुट अनुसन्धान केन्द्र इटहरीका संयोजक सन्तोष त्रिपाठीका अनुसार पूर्वी नेपालका अधिकांश किसानले केन्द्रबाटै बीउ तथा प्राविधिक सहयोग लिने गरेका छन् भने केही किसानले भारतबाट बीउ खरिद गर्ने गरेका छन् ।

विगतमा नेपाली जुट उद्योगलाई आवश्यक पर्ने करिब ८५ प्रतिशत कच्चा जुट बङ्गलादेश र भारतबाट आयात हुने गरेको थियो । पछिल्लो समय स्थानीय उत्पादनमा बढोत्तरी भएपछि आयात कम हुन थालेको छ । सोही कारण यस वर्ष किसानले उल्लेख्य मात्रामा खेती गरेका छन् ।

किसानलाई जुट खेतीतर्फ आकर्षित गर्न अनुसन्धान केन्द्रले झारपात नियन्त्रण र रेसा निकाल्ने प्रविधिमा सहयोग गर्दै आएको छ । जुटखेतीमा झारपात प्रमुख समस्या भएकाले ‘सनराइज’ र ‘एजिल’ विषादी प्रयोग गरी नियन्त्रण गर्ने गरिएको उनले जानकारी दिए ।

जुट कुहाउने र धुने काममा अनुसन्धान केन्द्रले डिजेल तथा विद्युतबाट सञ्चालन हुने मेसिन प्रयोगमा ल्याएको छ । यी मेसिनबाट रेसा छुट्याउने र धुने काम सहज भए पनि मेसिन प्रयोग गर्दा जुटको डाँठ धुलो हुने भएकाले अधिकांश किसानले प्रयोग नगरेको उनले बताए ।

“किसानले जुटको डाँठ दाउरा तथा बिक्री गरेर आम्दानीसमेत गर्ने भएकाले मेसिन प्रयोग गर्न अप्ठ्यारो मानेका छन्”, उनले भने ।

जुट अनुसन्धान केन्द्रलाई वार्षिक रु एक करोडभन्दा बढी बजेट विनियोजन हुँदै आएको छ । पछिल्लो समय कोशी प्रदेश सरकारले पनि जुटखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । थप सरकारी योजना र प्रोत्साहन उपलब्ध भएमा आगामी वर्षमा उत्पादन अझै वृद्धि हुने केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सुनसरी जिल्लामा एक हजार ३०८ हेक्टर क्षेत्रफलमा जुटखेती गरिएको थियो । आव २०८२/८३ मा एक हजार ३३४ हेक्टरमा जुटखेती गरिएको छ ।

जुटको मूल्य वृद्धि र माग बढेकै कारण किसानको आकर्षण बढेको छ । जिल्लामा देवानगञ्ज, भोक्राहा नरसिंह, कोशी, हरिनगर र इनरुवालगायत क्षेत्रमा बढी जुटखेती हुँदै आएको सूचना अधिकारी श्रेष्ठले बताए ।

Tags: #सुनसरीकिसानजुट खेती
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३
FEATURE BREAKING

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

विराटनगर : सातै प्रदेशबीच विकास साझेदारी, साझा पूर्वाधार निर्माण र पारस्परिक लाभमा आधारित सहकार्यलाई संस्थागत गर्ने प्रतिबद्धतासहित ‘कोशी घोषणा–२०८३’ जारी गरिएको...

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा
समाचार

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको मतगणनामा चार हजार मत गन्दा राजीव कोइरालाले २ हजार ३१२ मत प्राप्त गरेका...

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

भोजपुरमा भरुवा बन्दुक बरामद

अशोज २८, २०८३
परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

अशोज २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

अशोज २८, २०८३
खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

अशोज २८, २०८३
विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.