नेपाल टेलिकम धरान शाखाका ७ जना कर्मचारीसहित धरानमा थप १७ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार गएराती आएको रिपोर्ट अनुसार धरान १ लक्ष्मी सडकमा रहेको नेपाल टेलिकमका ४२, ४५, ३५, ३२, ५३ वर्षीय ५ जना पुरुष र ४१ र ४५ वर्षीय महिलासहित ७ जनामा कोरोना सङ्क्रमण भएको छ । यो सँगै नेपाल टेलिकममा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ९ पुगेको छ ।
यसैगरी धरान १८ का ५०, ४३, ३० र २९ वर्षीय ४ जना पुरुष, धरान ११ का ६७ वर्षीय महिला, धरान ५ का ४८ वर्षीय पुरुष, धरान १० का ३९ वर्षीय पुरुष, धरान ३ का ३१ र ५५ वर्षीय पुरुष गरी २ जना र धरान १५ का ५५ वर्षीय पुरुष गरी १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ८८ पुगेको छ भने ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।














Discussion about this post