वितेको २४ घण्टामा प्रदेश १ मा आज १ सय ५७ कोरोना संक्रमण पुष्टि भएको छ ।
सङ्क्रमित हुनेमा मोरङमा १०२, सुनसरीमा ४०, झापामा ९,उदयपुर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् । मन्त्रालयका अनुसार विराटनगरमा ७६ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।
संक्रमित मध्ये २८ महिला र ४८ पुरुष छन् । मोरंगको बुढीगंगामा ४ महिला १० पुरुष, कटहरीमा ४ महिला ७ पुरुष,कानेपोखरीमा १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ५ महिला १३ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, इनरुवामा १ महिला १ पुरुष, बराहक्षेत्रमा १ महिला, दुहवी र हरिनगरमा १–१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको विर्तामोडमा २ महिला १ पुरुष, मेचीनगरमा २ पुरुष, भद्रपुरमा १ महिला १ पुरुष, कचनकवल र स्थानीय तह नखुलेका १–१ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, ओखलढुङ्गामा १ महिला, प्रदेश १ बाहिरका ४ पुरुष संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यो सगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ७९८ पुगेको छ ।
प्रदेश १ मा आज ५३ जना डिस्चार्ज भएका छन् ।














Discussion about this post