इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितको राहत तथा पुनर्स्थापनाका लागि इटहरी उपमहानगरपालिका–२० तरहरामा ७ लाख ४८ हजार ९ सय ५१ रुपियाँ संकलन गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको संयोजन तथा इटहरी–२० को आयोजनामा विभिन्न राजनीतिक दल, सामाजिक तथा जातीय संस्था, टोल विकास संस्था, क्लब र सामाजिक व्यक्तित्वको सहयोगमा उक्त रकम संकलन गरिएको हो ।
शुक्रबार पत्रकार सम्मेलन गरी रेडक्रस हाँसपोसा उपशाखाका सभापति उमेश राईले संकलित रकमबारे जानकारी दिए । आफूहरूले व्यक्ति तथा संस्थाबाट प्राप्त गरेको सहयोग रकम स्पष्ट रूपमा राखिएको उनको भनाइ छ ।
संकलित रकम वडाध्यक्ष मणिराम श्रेष्ठमार्फात हस्तान्तरण गरिएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार उक्त रकम आगामी सोमबार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिनेछ । विपत्मा तरहरा विगतदेखि नै एकजुट हुँदै आएको श्रेष्ठले बताए ।
बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने सबै राजनीतिक दल, सामाजिक तथा जातीय संस्था, टोल विकास संस्था, क्लब र सामाजिक व्यक्तित्वलाई आयोजकले धन्यवाद व्यक्त गरिएको छ ।











Discussion about this post