उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले १०१ किलो ६४० ग्राम प्रतिबन्धित लागुऔषधका रुपमा रहेको गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारीअनुसार बिहीबार साँझ ५ बजे प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका वडा नं ६ स्थित लालपत्ता प्रहरी चेकपोष्टमा गाईघाटबाट सिराहा जिल्लाको लाहान बजारतर्फ जाँदै गरेको ना १ ज ८५०९ नम्बरको विङ्गर गाडीमा एक महिला र दुई जना पुरुषसहित ६०.९३ केजी बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।
त्यस्तै काे १ ज ३३१२ नम्बरको विङ्गरमा दुई जना पुरुषबाट ४०.७१ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित फेला पारी लुकाइछिपाइ ल्याएको जम्मा १०१ केजी ६४० ग्राम लागु औषध गाँजा बरामद गरिएको हो ।
सिरहा जिल्ला लहान नगरपालिकाका ५ जना मानिस र गाँजा पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय उदयपुरले दिए पनि पक्राउ पर्नेहरुको नाम ठेगाना भने खुलाइएको छैन । पक्राउ परेका सबैलाई शुक्रबार जिल्ला अदालत उदयपुरमा पेस गरी म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











Discussion about this post