इटहरीमा थप १५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
असोज १३ गते गरिएको स्वाब परीक्षणको रिपोर्ट मध्ये थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
थपिएकाहरु मध्ये इटहरी ३ का १ जना, ३५ बर्षीया महिला, इटहरी ५ का ४ जना, ३०, ३५ बर्षीय पुरुष र २८, ५० बर्षीया महिला, इटहरी ६ का २ जना, ४९ बर्षीय पुरुष र ४२ बर्षीया महिला, इटहरी ८ का १ जना, ४३ बर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, इटहरी १२ का २ जना, २०, ३८ बर्षीय पुरुष, रामधुनी नगरपालिकाका २ जना, ४९ बर्षीय पुरुष र ४७ बर्षीया महिला रहेका छन् ।
त्यस्तै, विभिन्न अस्पतालमा आफैँ स्वाब दिएका मध्ये इटहरी ४ का १ जना, २७ बर्षीय पुरुष, इटहरी ६ का २ जना, ३८, ५६ बर्षीय पुरुष रहेका छन् ।
यो सँगै हालसम्म इटहरीमा संक्रमण पुष्टि भएकाको संख्या ५ सय ३१ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ ।














Discussion about this post