Sunday, September 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
in FEATURE BREAKING, समाचार
0
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा
54
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरमा प्रहरीको चेकिङ छल्दै भाग्न खोजेको स्कोर्पियोले अर्को कारलाई ठक्कर दिएपछि ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।

कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ आयल निगम नजिक शनिबार राति भएको घटनामा प्रहरीले तीन सय ९८ किलो गाँजासहित स्कोर्पियो नियन्त्रणमा लिएको हो ।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को १ च ७३९९ नम्बरको स्कोर्पियोलाई शनिबार राति करिब १० बजे प्रहरीले रोक्न खोजेको थियो । तर, चालकले गाडी तीव्र गतिमा अगाडि बढाएपछि प्रहरीले पछ्याएको थियो ।

भाग्ने क्रममा स्कोर्पियोले अगाडि जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि प्रहरीले स्कोर्पियो नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा बरामद गरेको हो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार स्कोर्पियोभित्र १३ वटा पोकामा प्याक गरी राखिएको तीन सय ९८ किलो गाँजा फेला परेको छ ।

दुर्घटनापछि स्कोर्पियो चालक फरार भएका छन् । प्रहरीले उनको पहिचान र खोजी गरिरहेको जनाएको छ । ठक्करबाट कारको पछाडिको भागमा क्षति पुगेको छ । कार चालक विराटनगर–३ का ४६ वर्षीय धिरज सिंह भने सकुशल रहेका छन् ।

प्रहरीले गाँजासहित स्कोर्पियो र ठक्कर भएको कार दुवै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।

बरामद गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पुर्‍याउन लागिएको थियो भन्ने खुलेको छैन । गाँजाको स्रोत, ओसारपसारमा संलग्न व्यक्ति तथा घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Tags: #विराटनगरगाँजा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न
विविध

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको...

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र
FEATURE BREAKING

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

by माधव पोख्रेल
अशोज ११, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं.–१ रानीटारबाट भोजपुरको आमचोक गाउँपालिका–५ जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु गरेको १० वर्ष...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३
बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

अशोज ११, २०८३
पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

अशोज ११, २०८३
तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई

तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.