इटहरीमा थप १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
१४ गते गरिएको स्वाब संकलनमध्ये थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
थपिएकाहरुमध्ये इटहरी २ का १ जना, ३३ बर्षीय पुरुष, इटहरी ४ का १ जना, १२ बर्षीय पुरुष, इटहरी ५ का १ जना, ३८ बर्षीय पुरुष, इटहरी ६ का २ जना, ४५, ५२ बर्षीय पुरुष, इटहरी ९ का १ जना, ३१ बर्षीय पुरुष इटहरी १७ का १ जना, ३६ बर्षीय पुरुष, इटहरी २० को १ जना ३८ बर्षीय महिला, रामधुनीका १ जना, ४१ बर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, विभिन्न अस्पतालमा आफैँ स्वाब देखाएका मध्ये इटहरी ७ का १ जना, ३० बर्षीया महिला, इटहरी १३ का १ जना, ९२ बर्षीय पुरुष र इटहरी १७ का ३ जना, ३२, ४८ बर्षीया महिला र ५९ बर्षीय पुरुष रहेका छन् ।
यो सँगै इटहरीमा संक्रमितको संख्या ५ सय ४५ पुगेको छ ।














Discussion about this post